११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यी तीन सांसदले राष्ट्रपति चुनावमा भोट हाल्न नपाउने !

१० फाल्गुन २०७९, बुधबार ०७:३९

फागुन १०, काठमाडौं | निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि मतदाता नामावली सार्वजनिक गरेको छ।

संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० सांसद गरी कुल ८८१ सदस्यको मतदाता नामावली प्रकाशन गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  संविधानअनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेशसभा सदस्यहरूको निर्वाचक मण्डल रहने व्यवस्था छ। जसअनुसार राष्ट्रियसभाका ५९ जना र प्रतिनिधिसभाका ३३१ जना सांसदले चुनावमा भाग लिन पाउनेछन्।

प्रतिनिधिसभामा ३३४ जना सांसद भए पनि निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको मतदाता नामावलीमा प्रतिनिधिसभाका ३३१ जना मात्रै छन्। जसमा नागरिकता विवादका कारण पद गुमाएका चितवन २ बाट निर्वाचित रवि लामिछाने, मनाङबाट निर्वाचित भए पनि भ्रष्टाचार मुद्दा लागेका कारण निलम्बनमा रहेका टेकबहादुर गुरुङ र कैलाली २ बाट निर्वाचित अरुण चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन।

चौधरी १० वर्षमा पुरानाे फौजदारी मुद्दामा दोषी ठहर भइ कारागारमा रहेका कारण उनको नाम मतदाता नामावलीमा समावेश नगरिएको निर्वाचन आयोगले जनाएको छ। तर उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले प्रजातन्त्र दिवसका अवसरमा आममाफी दिइसकेकाले दावी विरोधमार्फत् उनको नाम पनि मतदाता नामावलीमा समावेश हुन सक्ने आयोगले जनाएको छ। त्यसका लागि चौधरीले आफू जेलमुक्त भएको पत्रसहित आयोगमा सूचना दिनुपर्नेछ।

प्रदेशसभातर्फ भने ५५० जनाकै नाम आयोगको सूचीमा समावेश गरिएको छ। संघीय संसद र प्रदेशसभा दुर्वतर्फ गरी ८८१ जनाले राष्ट्रपति चुनावमा भाग लिन पाउने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। मतदाता नामावलीमाथि शुक्रबार दिउँसो १२ देखि ३ बजेसम्म दाबी विरोध गर्न समय निर्धारण गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन