१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसद्मा एमाले सांसदको प्रश्न- नेपालको राष्ट्रपतिको नाम विदेशीले दिने, कस्ता दिन आए ?

१० फाल्गुन २०७९, बुधबार ०८:२५

फागुन १०, काठमाडौं | सत्तारुढ नेकपा एमाले सांसद रघुजी पन्तले नेपालमा राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव आएको र एक पूर्वप्रध्यापकले नाम नै सिफारिश गरेकोप्रति आपत्ति जनाएका छन् । 

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुरुमा सभामुखसँग समय लिएर सांसद पन्तले यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गरे। 


‘नेपालको राष्टपति को हुने भन्ने कुरा जेएनयूका पूर्वप्रोफेसरले नेपालका पूर्वराजदूतको नाम उपयुक्त हुन्छ भनेर प्रस्तुत भए, कस्तो दिन आयो ?’ सांसद पन्तले सरकारसँग सोधे, ‘हाम्रो राजदूत हुनुहुन्थ्यो नीलाम्बर परराष्ट्रमन्त्रीसँग भेट गर्न धेरै कोसिस गर्नुपर्थ्यो । राष्ट्रपतिको चुनाव अगाडि विदेश सचिव नेपाल आउँछन्, प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई भेट्छ । हाम्रो सचिव विदेश जाँदा यही ढंगको ट्रिट पाउँछ ? सबैलाई भेटाउँछौं, यो राष्ट्रिय सम्मानको कुरा हो?’ 

राणा शासनमा समेत देशको मर्यादाका लागि काम भएको स्मरण गर्दै उनले सोधे, ‘दक्षिण एसियाको आजसम्म पराधीन नभएको देश हो, यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने ?’ भारतीय प्रोफेसर एसडी मुनीले राष्ट्रपतिका लागि ४ जनाको नाम सिफारिश गरेका थिए ।

यस्तै भारतीय विदेश सचिव विनयमोहन क्वात्राले हालै नेपाल भ्रमणको क्रममा राष्ट्रपति चुनावबारे चासो व्यक्त गरेका थिए ।

‘विदेशीसँगको भेटलाई नियमित गरियोस्, देशको स्वाभिमानका लागि नगरी नहुने भयो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक