२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

फागुन २५ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने

१० फाल्गुन २०७९, बुधबार ०९:१६

फागुन १०, काठमाडौँ | काठमाडौँ–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् । आन्तरिक उडान तर्फ बिहानदेखि सुरु भएपनि दिउँसो ४ बजे विमानस्थल बन्द गर्नुपर्ने अवस्थाको रात्रिकालीन उडानसँग अन्त्य हुने पोखरा विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले बताइन् ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार पोखरा—काठमाडौं रात्रिकालीन उडान फागुन २५ सुरु हुन्छ । ‘विमानस्थलले म्याचुरिटी पिरियड पार गरेसँगै वुद्धले मार्च ९ गतेबाट रात्रिकालीन उडान गर्छ,’ प्रवक्ता कर्णले भने, ‘काठमाडौंबाट पोखरा गएर ४ वटा बुद्धको विमान बास बस्छन् ।’ बुद्धले बेलुका ८ बजेसम्म उडान गर्ने कर्णले बताए । ‘अहिले दिउँसो ४ बजेसम्म उडान गरेको छ । अब काठमाडौं—पोखरा बेलुका ८ बजेसम्म गर्छौं,’ उनले भने । 

रात्रिकालीन उडान सुरु भएपछि डिले भएका उडान सहज हुने विमानस्थल प्रवक्ता जशोदा रेग्मीले बताइन् । ‘रात्रिकालीन उडान सुरु भए डिले भएका उडान पनि नियमित हुन्छ,’ प्रवक्ता रेग्मीले भनिन्, ‘नयाँ विमानस्थलको सुविधा पनि उपयोग रात्रिकालीन उडानसँगै हुन्छ ।’ 

यसअघि नागरिक उड्डयन प्राधिकरणले फेब्रुअरी २३ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । सोही दिनबाट रात्रिकालीन उडान हुने प्राधिकरणले जनाए पनि अहिलेसम्म तालिका सार्वजनिक हुन सकेको थिएन तर, केही समय ढिला गरी रात्रिकालीन उडानको तालिका बुद्ध एयरलाइन्सले सार्वजनिक गरेको हो । 

रात्रिकालीन  र अन्तर्राष्ट्रिय उडान दुवैको तयारी भइसकेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए । ‘फेब्रुअरी म्याचुरिटी पिरियडका लागि मात्र कुरेका हौं । यो पनि पूरा भइसक्यो । विमानस्थललाई चाहिने इकुपमेन्ट र डकुमेन्ट र स्रोतहरू पूरा भइसके,’ उनले भने । पोखरा विमानस्थल इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भोलि फेब्रुअरी २३ बाट लागू हुन्छ । योसँग रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलको म्याचुरिटी पिरियड पुग्छ । फ्लाइट प्रमाणित नेपाल नागरिक उड्डयन प्राधिकरणले चोक जाँच गरेर रात्रिकालीन उडान गर्न अनुमति दिएको हो । प्राधिकरणले बुद्धलाई अनुमति दिइसकेको बुद्ध एयरलायसन्का प्रवक्ता कर्णले बताए । 

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै माघ १ गते यति एयरलाइन्सको विमान दुर्घटनापछि उडान हुने÷नहुने अन्योलताका बीच बुद्धको तालिका सार्वजनिक भएसँगै पोखराका पर्यटन व्यवसायीहरु खुसी देखिएका छन् । उनीहरुले रात्रिकालीन उडान भएसँगै पर्यटनको आगमन पनि बढ्ने अविलाषा गरेका हुन् । यता, विमानस्थल प्रमुख गौतमले सबै विमानस्थल राम्रो बनेको तर, प्रमोशन नभएको बताए । उनले विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान पनि हुने विश्वास गरे । भारतबाट उडानको अनुमति आए बुद्धले तीन उडान गर्ने जनाएको छ । 

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको हो । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न कोरियन एयर, बीज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतको चासो देखाएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम