१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवा निवासबाट उपेन्द्र बाहिरिए, घनश्याम र बेदुराम भुसाल लिएर माधव नेपाल प्रवेश गर्दै

१० फाल्गुन २०७९, बुधबार ११:१४

फागुन १०, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुग्दैछन् । 

पार्टीको सचिवालय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको प्रस्ताव राखेको र आफूले त्यसमा विश्वास नगरेको भन्दै पुरानै गठबन्धन ब्युँताउने बताएका नेपाल देउवा निवास पुगेका हुन् । 

पार्टीको आजै भएको सचिवालय बैठकमा नेपालले ओलीले चार घण्टासँम आफूसँग भेट गरी पार्टी एकताको प्रस्ताव राखेको भए पनि ओलीलाई विश्वास गर्न नसकिने बताएका थिए । यस्तै उनले ओलीको साथ प्रचण्डले पनि छोडिसकेको भन्दै अब पुरानै पाँच दलीय गठबन्धन ब्युँतिने बताएका थिए । 

सचिवालयमै आजै देउवासँग भेट गरी पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल गर्ने बताएका नेपाल महासचिव र नेता भुसाललाई लिएर देउवा निवास पुगेका हुन् । 

देउवा निवासमा कांग्रेस सभापति देउवाका साथमा वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री गगन थापासहितका नेताहरु छन् । त्यसैगरी सभापति देउवासँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छलफल गरेर बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक