2026-06-17 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवा निवासबाट उपेन्द्र बाहिरिए, घनश्याम र बेदुराम भुसाल लिएर माधव नेपाल प्रवेश गर्दै

फागुन १०, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुग्दैछन् । 

पार्टीको सचिवालय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको प्रस्ताव राखेको र आफूले त्यसमा विश्वास नगरेको भन्दै पुरानै गठबन्धन ब्युँताउने बताएका नेपाल देउवा निवास पुगेका हुन् । 

पार्टीको आजै भएको सचिवालय बैठकमा नेपालले ओलीले चार घण्टासँम आफूसँग भेट गरी पार्टी एकताको प्रस्ताव राखेको भए पनि ओलीलाई विश्वास गर्न नसकिने बताएका थिए । यस्तै उनले ओलीको साथ प्रचण्डले पनि छोडिसकेको भन्दै अब पुरानै पाँच दलीय गठबन्धन ब्युँतिने बताएका थिए । 

सचिवालयमै आजै देउवासँग भेट गरी पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल गर्ने बताएका नेपाल महासचिव र नेता भुसाललाई लिएर देउवा निवास पुगेका हुन् । 

देउवा निवासमा कांग्रेस सभापति देउवाका साथमा वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री गगन थापासहितका नेताहरु छन् । त्यसैगरी सभापति देउवासँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छलफल गरेर बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ