२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

२०७९, ११ फाल्गुन बिहीबार ०७:३८

फागुन ११, काठमाडौं | देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । 

यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आइएफआर प्रणाली लागू भएसँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि सञ्चालन गर्न सकिने भएको छ, यसअघि हुस्सु र कुहिरोका कारण कहिलेकाहीँ विमानस्थल नै अवरूद्ध हुने गरेको थियो, आजदेखि रात्रिकालीन सेवा पनि सुरु हुन्छ ।”

सो विमानस्थल आजदेखि बिहान ६ देखि राति १२ बजेसम्म अर्थात् दैनिक १८ घण्टा सञ्चालन गर्न लागिएको बताइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आइएफआर प्रणाली लागू भएसँगै आजदेखि रात्रिकालीन उडान सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का मानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिनुभयो । 

उक्त विमानस्थल गएको पुस १७ गतेदेखि सञ्चालनमा आएको थियो । विमानस्थलमा उपकरणको सहायताले विमान उडान तथा अवतरण गराउने इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली जडान गरिएकाले रात्रिकालीन उडान भर्ने विमानलाई उडान तथा अवतरण गर्न निर्देश गर्ने प्राधिकरणले जनाएको छ ।

यसअघि पुरानो विमानस्थल भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीका आधारमा सञ्चालन गरिएको थियो । उक्त प्रणालीमा एटिसी र पाइलटले आँखाले हेरेर उडान तथा अवतरण गर्दै आएका थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले आजदेखि रात्रिकालीन सेवा दिने भएपछि निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअरले रात्रिकालीन उडानको तयारी गरेको बताइएको छ । 

पोखरा–काठमाडौँ र काठमाडौँ–पोखरा रात्रिकालीन उडानको तयारी भइरहेको बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध एअरले यही फागुन २५ गतेदेखि पोखरा–काठमाडौँ रात्रिकालीन उडानको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी