2026-06-17 01:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वैदेशिक रोजगार बचत पत्रमा राष्ट्र बैंकले साढे १२ प्रतिशत ब्याजदर प्रदान गर्ने

फागुन १२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आगामी चैत १० गते ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्र जारी गर्ने भएको छ । वार्षिक १२.५० प्रतिशत ब्याजदर प्रदान गर्ने गरी बैंकले वैदेशिक बचत पत्र २०६४ ‘क’ जारी गर्ने भएको हो ।

शुक्रबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक खरिदकर्तालाई अनलाइन दरखास्त आह्वान गरेको छ । बैंकका अनुसार २०७९ फागुन १४ गतेदेखि २०७९ चैत्र ३ गतेसम्म दरखास्त खुल्ला रहनेछ ।

यो बचत पत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् । 

इच्छुक खरिदकर्ताले १० हजार रुपैयाँदेखि बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि दरखास्त हाल्न सक्नेछन् । २०७९ चैत १० गते बिक्री हुने बचत पत्र २०८४ चैत १० गते परिपक्व हुनेछ । खरिदकर्ताले अर्धवार्षिक अर्थात् ६-६ महिनामा तोकिएको ब्याज पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ