१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पूर्वराजा शाहलाई मन्त्री मोदीको चेतावनी– ‘आफ्नो ठाउँमा बस्नुस्’

१२ फाल्गुन २०७९, शुक्रबार ०७:२६

फागुन १२, काठमाडौँ | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् । 

आज नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले काठमाडौँमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठिक ठाउँमा बस्न चेतावनी दिए । उनले एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजले म नै राजा हुँ भन्ने सोचिरहेको भन्दै त्यस्तो नसोच्न चेतावनी दिए । 

देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै उनले देश पश्चगमनतर्फ नफर्कने बताए । मानव जातिका लागि गणतन्त्र सबैभन्दा सुन्दर व्यवस्था भएको उनले बताए । 

मन्त्री मोदीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए । उनले देशको राजनीतिक अवस्था परिवर्तनका निम्ति पत्रकारहरूको ठुलो योगदान रहेको भन्दै प्रशंसा समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक