१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पुरानो पाँच दलीयबीच जुटेन राष्ट्रपतिमा सहमति, फेरि आजै साँझ बैठक बस्ने

१२ फाल्गुन २०७९, शुक्रबार ०७:४०

फागुन १२, काठमाडौँ | नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीबीच भावी राष्ट्रपतिका विषयमा सहमति जुट्न सकेको छैन ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा दलका शीर्षनेताबीच भावी राष्ट्रपतिबारे सहमति जुट्न नसकेको हो । चार घण्टाभन्दा लामो समय छलफलमा जुटेका दलहरुबीच कुन पार्टीबाट कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन । जसकारण फेरि शुक्रबार साँझ बैठक बस्ने तयारीमा उक्त दलहरु छन् ।

बिहान साढे ८ बजेबाट चार घण्टा बसेको दलको बैठक सकारात्मक भएको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । उनका अनुसार बैठकमा दलहरुबीच विभिन्न विकल्पबारे छलफल भएको र यसबारे आ–आफ्नो दलभित्र छलफल गरेर पुनः शुक्रबार साँझ ५ बजे बैठक बस्नेछ ।

छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ,  कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता १३ फागुनमा हुने निर्वाचन तालिकामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक