१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सङ्घीयतालाई सुदृढ बनाउन सबै दल एकजुट होऔँः सांसद शर्मा

१२ फाल्गुन २०७९, शुक्रबार ०९:५४

फागुन १२, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै त्याग र बलिदानबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको यात्रामा अगाडि लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै उहाँले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद निर्माणका लागि साझा सहमति जुटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकारलाई सबल र सक्षम बनाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सङ्घीयतालाई सुदृढ बनाउन विभिन्न ऐन निर्माणको कामलाई तत्काल अगाडि बढाउनुपर्ने र प्रदेश सरकारलाई सबल र सक्षम बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । आवधिक योजनाको लक्ष्य पूरा हुन नसकेको र अनेकन कारणले समस्या देखिएको भन्दै कार्यान्वयनमा देखिएका जटिलता हटाउनुपर्ने उल्लेख गर्नुभयो ।

जमिन बाँझो हुने, अपार प्राकृतिक स्रोत खेर गएको, युवा विदेशिन बाध्य भएको तथ्य पेश गर्दै उहाँले उपयोग हुन नसकेको स्रोत साधनको सदुपयोग गर्दै समृद्धिको महाअभियान सुरु गर्नुपर्ने बताउनुभयो । लघुवित्तको बदमासीका कारण नागरिकले दुःख पाएकाले तत्काल सरकारले समस्या समाधानका लागि पहल लिनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले सन्तुलित परराष्ट्र नीतिको बढावा दिनुपर्नेमा जोड दिनुभयो । संवैधानिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपतिको चयन गर्ने जसरी बहस भइरहेकामा आपत्ति प्रकट गर्दै उहाँले राष्ट्रिय सहमतिका आधारका विषयको टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक