१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिका उम्मेदवार माधव नेपाल भए एमालेले उम्मेदवार उठाउँदैन : पृथ्वीसुब्बा गुरुङ

१२ फाल्गुन २०७९, शुक्रबार १०:४०

फागुन १२, काठमाडौँ | नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले छुट्टै उम्मेदवार नउठाउने बताएका छन् । 

उनले नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले समर्थन गरेर जाने तयारी गरेको बताए । ‘राष्ट्रपतिको विषयमा कुनै पिक्चर स्पष्ट भएको छैन । को राष्ट्रपति हुन्छ भन्नेमा कुनै टुंगो छैन’गुरुङले भने, ‘यदि माधव नेपाल नै पुरानो गठबन्धनबाट उम्मेदवार भएमा हामीलाई नैतिक संकट पर्छ । उहाँलाई मत हालेर जान्छौं । पार्टीको कोही उम्मेदवार हुने छैन ।’ 

तर, एमालेले राष्ट्रपतिका विषयमा शनिबार बिहान ९ बजे बस्ने सचिवालय बैठकले आधिकारिक निर्णय गर्ने गुरुङले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली नेपाललाई राष्ट्रपति बनाएर एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा मिसाउने रणनीतिमा लागेका छन् । उनले नेपाललाई पुरानै गठबन्धनको उम्मेदवारको रुपमा ब्याख्या गरेर राष्ट्रपतिमा सहयोग गर्ने तयारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक