१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

१३ फाल्गुन २०७९, शनिबार ०८:५१

फागुन १३, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताउनुभएको छ । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दिनुभएको हो ।   

नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङ नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सफल राजनीतिज्ञ हुनुभएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “नेम्वाङलाई राष्ट्रपतिको पदको निर्वाचनका लागि उम्मेदवारका रुपमा उठाएका छाँै । हामीले दलीय स्वार्थ हैन राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको जित र जनताको हितका लागि तथा संविधानको सफल कार्यान्वयन,  प्रणालीको रक्षा, सफल प्रयोग र प्रवद्र्धनका लागि उम्मेदवारी उठाएका हौँ ।”

उहाँले आफ्नो उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने विश्वास व्यक्त गर्दै हरेक मतदाताले सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो उम्मेदवार, हामीले उठाएको उम्मेदवार दाउपेजको हैन । आफ्नो प्रतिबद्धता र वचनबद्धताबाट आफूले सार्वजनिक गरेका विषयबाट कोही पनि पछि हट्ने अवस्था हुन्न भन्ने हाम्रो विश्वास छ ।”

यसैगरी उम्मेदवार नेम्वाङले  आफूलाई पार्टीले राष्ट्रपति पदका लागि अघि सारेको बताउँदै भन्नुभयो, “म पार्टीको तर्फबाट मात्र नभई सबैको तर्फबाट पार्टीका रुपमा अगाडि आएको छु । जनताको हित र राष्ट्रको हितका लागि काम गर्नेछु ।” 

उहाँले प्रतिस्पर्धाका आधारमा आउने परिणामलाई स्वीकार गर्ने उल्लेख गर्दै आफूहरूले स्थापित गरेको प्रणालीअनुसार नै प्रतिस्पर्धा हुन लागेको र प्रतिस्पर्धामा आउने अन्य उम्मेदवारलाई स्वागत छ भन्नुभयो । निर्वाचनमा प्रतिस्पर्धाका लागि स्वस्थ्य आधार र वातावरण तयार गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक