२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

२०७९, १३ फाल्गुन शनिबार ०८:५१

फागुन १३, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताउनुभएको छ । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दिनुभएको हो ।   

नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङ नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सफल राजनीतिज्ञ हुनुभएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “नेम्वाङलाई राष्ट्रपतिको पदको निर्वाचनका लागि उम्मेदवारका रुपमा उठाएका छाँै । हामीले दलीय स्वार्थ हैन राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको जित र जनताको हितका लागि तथा संविधानको सफल कार्यान्वयन,  प्रणालीको रक्षा, सफल प्रयोग र प्रवद्र्धनका लागि उम्मेदवारी उठाएका हौँ ।”

उहाँले आफ्नो उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने विश्वास व्यक्त गर्दै हरेक मतदाताले सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो उम्मेदवार, हामीले उठाएको उम्मेदवार दाउपेजको हैन । आफ्नो प्रतिबद्धता र वचनबद्धताबाट आफूले सार्वजनिक गरेका विषयबाट कोही पनि पछि हट्ने अवस्था हुन्न भन्ने हाम्रो विश्वास छ ।”

यसैगरी उम्मेदवार नेम्वाङले  आफूलाई पार्टीले राष्ट्रपति पदका लागि अघि सारेको बताउँदै भन्नुभयो, “म पार्टीको तर्फबाट मात्र नभई सबैको तर्फबाट पार्टीका रुपमा अगाडि आएको छु । जनताको हित र राष्ट्रको हितका लागि काम गर्नेछु ।” 

उहाँले प्रतिस्पर्धाका आधारमा आउने परिणामलाई स्वीकार गर्ने उल्लेख गर्दै आफूहरूले स्थापित गरेको प्रणालीअनुसार नै प्रतिस्पर्धा हुन लागेको र प्रतिस्पर्धामा आउने अन्य उम्मेदवारलाई स्वागत छ भन्नुभयो । निर्वाचनमा प्रतिस्पर्धाका लागि स्वस्थ्य आधार र वातावरण तयार गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना