१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

२० महिनापछि एमालेले स्वीकार्‍यो माधव नेपालको पार्टीको अस्तित्व

१४ फाल्गुन २०७९, आईतवार ०९:२५

फागुन १४, काठमाडौँ । नेकपा एमाले विभाजन भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस)लाई नेकपा एमालेले औपचारिक मान्यता दिएको छ । 

नेकपा एसका अध्यक्ष माधव नेपाललाई सम्बोधन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्राचार गरेपछि एमालेले पहिलोपटक एसको अस्तित्व स्वीकार गरेको हो । 

राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङलाई समर्थन गर्न आग्रह गर्दै ओलीले शनिवार विभिन्न दललाई पत्राचार गरेका थिए । 

त्यस क्रममा नेकपा एसका अध्यक्ष माधव नेपाललाई पनि पत्र पठाइएको थियो । 


२०७८ साउनमा एमाले विभाजन भएर नेकपा एस गठन भएको थियो । सोही वर्षको मंसिरमा भएको महाधिवेशनमा एमालेले एसलाई निमन्त्रणा दिएको थिएन । 

पार्टीले कारबाही गरेका सांसदले गठन गरेको दल अवैध भएको भन्दै एसलाई एमालेले महाधिवेशनमा निमन्त्रणा दिएको थिएन । नेपाली कांग्रेसको महाधिवेशनका क्रममा ओली र माधव नेपाल एउटै मञ्चमा उपस्थित भए पनि बोलेका थिएनन् । 

गत पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथग्रहण समारोहमा ओली र नेपालबीच लामो समयको संवादहीनता तोडिएको थियो । राष्ट्रपति निर्वाचनको सन्दर्भमा ओलीले माधव नेपालको नाम समेत प्रस्ताव गरेका थिए । 

पार्टी एकता गर्ने र माधव नेपाललाई राष्ट्रपति बनाउने ओलीको योजना भने सफल हुन सकेन । परिस्थिति बदलिएकाले माधव नेपालको पार्टीसँग सम्बन्ध विस्तारको काम अगाडि बढेको एमालेका नेताहरू बताउँछन् । 

हेर्नुहोस्, पत्र :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक