2026-07-26 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डमाथि मुद्दा : कसरी होला न्यायिक निरुपण ?

फागुन २१, काठमाडौँ | तीन वर्षअघि दर्ता गर्नै नमानेको प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ ।

यो आदेशसँगै रिट निवेदकहरुले आइतवार पुनः रिट दर्ता गर्ने तयारी गरेका छन् । तिन वर्ष अघिको मुद्दालाई हाल चासो दिनुको अन्तर्य के हो त ?

अनि प्रधानमन्त्री विरुद्धको मुद्दाप्रक्रियामा सर्वोच्चले कति सक्रियता देखाउला ? यो सर्वचासो बनेको छ ।

२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण गरिरहेका थिए ।

सोही भाषणका क्रममा उनले गरेको एक प्रतिवद्धता अहिले आएर गलपासो बनेको छ ।

सो भाषणका क्रममा उनले दश वर्षिय सशस्त्र द्वन्दका समय मारिएका १७ हजार मध्ये ५ हजारको जिम्मा आफुले लिने बताएका थिए ।

प्रचण्डको यो अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले त्यतिबेला सर्वोच्चमा रिट दर्ता गर्न खोजे । तर, रिट दर्ता भएन ।

सर्वोच्च प्रशासनले संक्रमणकालीन न्यायिक प्रक्रियाबाट यस्ता घटनाको सम्बोधन हुने भन्दै निवेदन दरपिठ गरिदियो । प्रशासनको सोही दरपिठविरुद्ध उनीहरूले पुनः सर्वोच्च अदालतमा रिट दर्ता गरे ।

सोही रिटमा सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्धय कार्की र फुयाँलले मुद्धा दर्ता गर्न आदेश दिएका छन् । विगतमा दर्ता गर्न समेत नमानेको सर्वोच्चले एकाएक यो मुद्दालाइ किन चासो दियो त ? प्रश्न अनुत्तरित छ ।

३ बर्षपछि सर्वोच्चको मनशाय फेरिनुको अन्तर्य राजनीतिक प्रभाव हो कि भन्ने अड्कल पनि कतिपयले काटेका छन् । विगत नियाल्दा नेपालमा राजनीतिक प्रकृतिका मुद्दाहरुमा अदालतको चासो र कदमको कुनै आधार देखिँदैन ।

राजनीतिक मुद्दा दर्ता वा छिनोफानोमा अदालत कहिले पन्छिने त कहिले अस्वभाविक चासो लिने गरेको पाईन्छ ।

मुलुक सशस्त्र द्धन्द्धबाट शान्तिप्रक्रियामा आएको डेढ दशक बढि भइसक्दा प्रचण्डले तीन पटक सरकारको नेतृत्व गरिसकेका छन् । तर उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सकेका छैनन् ।

जसका कारण पनि द्वन्दकालका मुद्दाहरुले उनलाई पछ्याईरहने गरेको छ ।

द्धन्द्धताका भएका हत्या हिंसाका घटनाहरुका कारण प्रचण्डलाई अन्तर्राष्ट्रिय मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय अदालत हेगले कारबाही गर्नसक्ने बहस पनि हुने गरेको छ ।

प्रचण्डले भने द्धन्द्धलाई राजनीतिक घटनाको संज्ञा दिने गरेका छन्, तर ३ बर्षअघि ५ हजार हत्याको जिम्मा लिने बताएपछि यसैलाई प्रमाण मान्न सकिने रिट निवेदकहरुको दाबी छ ।

उनी आफैँले कबुल गरेको अवस्थामा उनलाई पक्राउ गरेर अनुसन्धान गर्न माग दर्ताकालागि तयार रिटमा छ । अब प्रचण्डमाथि दर्ता हुने रिटमा कसरी अनुसन्धान हुन्छ ? वा न्यायिक कारवाही अगाडी बढ्छ ? त्यो चासोको विषय हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ