२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

विदेशमा अलपत्र परेकाका लागि सहयोगी बन्दै सामी कार्यक्रम

२५ फाल्गुन २०७९, बिहीबार १०:३८

फागुन २५, देउखुरी | घोराही उपमहानगरपालिका–१५ की अनिसा घर्ती १३  वर्षअघि दुवई पुग्नुभयो । काम ठिकै थियो । कमाइले घरपरिवार धानेकै थियो । अघिल्लो वर्ष बिहान काम गर्न जाने बेलामा उहाँ दुर्घटनामा परेपछि उपचारका लागि एक वर्षसम्म अस्पतालको शैयामा बिताउनुप¥यो। त्यो बेलामा  अनिसालाई स्वदेश फर्किन मन लागे पनि फर्किन वातावरण सहज भएन ।  

उक्त घटनाबारे परिवारले जानकारी पाएकाले नेपाल ल्याउन पहल गरे पनि सकेनन् । अन्ततः वैदेशिक रोजगार बोर्डअन्तर्गत  सुरक्षित आप्रवासन(सामी) कार्यक्रममार्फत उहाँलाई घरसम्म ल्याउने वातावरण बनाइएपपछि केही महिना अघि मात्रै अनिसा घर फर्किन सक्नुभयो । वैदेशिक रोजगारीका क्रममा अनेक  समस्या झेल्न बाध्य भएकाको उद्धारका लागि उक्त कार्यक्रमले निरन्तर पहल गर्दै आएको छ । विदेशमा अलपत्र परेका, मृत्यु भएका, बेसाहारा भएकालगायत विभिन्न समस्यामा परेका नेपालीलाई सामीले घरसम्म ल्याउन पैरवी गर्दै आएकाले  श्रम बेच्न गएकाले राहत महसुस गर्न थालेका छन् ।

विदेशबाट कमाएर पठाएको रकमको सही उपयोग गराउन, उनीहरुको परिवारका सदस्यलाई उद्यमशीलता तथा मनोसामाजिक परामर्शका लागि पनि  सामीले भूमिका निर्वाह गर्दै आएको छ । 

सामी कार्यक्रममार्फत २०७५ असारदेखि २०७९ को तेस्रो चरणसम्म आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका  पाँच सय पाँच घटनामध्ये तीन सय ९८ वटा समाधान भएको ७३ वटा प्रक्रियामा रहेको र बाँकी ३४ वटा समाधान हुन नसकेका छन् ।  न्यायमा पहुँच पु¥याउने लक्ष्यका साथ गरिएको निःशुल्क कानुनी सहायताबाट रु सात करोड एकासी लाख ९९  हजार पाँच सय ४१ सहायता उपलब्ध गराउन सफल भइएको वैदेशिक रोजगार बोर्डका दाङ जिल्ला कार्यक्रम अधिकृत विष्णु अर्यालले जानकारी गराउनुभयो ।

घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र  बबई गाउँपालिकाको सहकार्यमा उक्त कार्यक्रममा सञ्चालन  भइरहेको छ । यो वर्षमा मात्रै निःशुल्क कानुनी सहयतामार्फत रु एक करोड ८३ लाख आर्थिक सहायता उपलब्ध गराउन सफल भइएकामा ठगीमा एक सय सात, मृत्यु भएकाका  बीस, कारागारमा परेका दस, स्वास्थ्य समस्या भएका आठ, हराएका १५, अलपत्र  परेका तीन र अन्य सात गरी एक सय ७० वटा समस्या निःशुल्क कानुनी सहायताका लागि निवेदन दर्ता भएका थिए । 

सो अवधिमा मात्रै आप्रवासी स्रोत केन्द्रमा एक सय ७० वटा उजुरी दर्ता भएकामा ६० वटाको समाधान भएको र एक सय १० वटा प्रक्रियामा रहेको सामी कार्यक्रमले जनाएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वीरबहादुर  वलीले वैदेशिक रोजगारमा जाने नेपाली ठगिने क्रम नरोकिएकाले यसलाई रोक्न प्रहरीसँगै सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको बताउनुभयो  । 

यसैगरी वैदेशिक रोजगारका क्रममा हुने मानव बेचबिखन तथा ठगी निवारण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत जिल्लाभर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइएको, वैदेशिक रोजगारको क्रममा हुने ठगी, मानव बेचबिखनजस्ता कार्यबाट आम सर्वसाधारणलाई सुरक्षित राख्न स्थानीय रेडियो तथा पत्रपत्रिकामा जानकारीमूलक सन्देश प्रसारण तथा प्रकाशित गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगारका क्रममा हुने मानव बेचबिखन निवारणका लागि आपसमा प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानुनको परिधिभित्र रही सूचना आदानप्रदान गर्ने, वैदेशिक रोजगारीको क्रममा मानव बेचबिखनका जोखिमका क्षेत्र पहिल्याई सोको निवारणका लागि आफ्ना कर्मचारीलाई सक्षम गराउँदै आवश्यकताअनुसार परिचालन गर्ने, रोजगारीका क्रममा मानव बेचविखनका जोखिम कम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना तथा स्रोत परिचालन गर्ने, आ–आफ्नो क्षेत्राधिकारका विषय सूक्ष्म रूपमा अध्ययन हुने गरेको प्रहरीको भनाइ थियो ।प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले रोजगारका लागि विदेश जाने कुनै पनि कामदारलाई एजेण्टमार्फत भन्दा पनि आफै जाने देश तथा कामका बारेमा बुझेर जानुपर्ने र सीप अनिवार्य सिक्नुपर्ने बताउनुभयो ।  आफू जान चाहेको  देश र त्यहाँ पुगेर गर्ने कामका बारेमा यकिन नगरी हचुवाको भरमा वैदेशिक रोजगारीमा जाँदा अनेक समस्या सिर्जना हुने गरेकाले सामी कार्यक्रमबाट परामर्श लिन आग्रह गर्नुभयो । घोराही उपमहानगरका उपप्रमुख हुमा डिसीले वैदेशिक  रोजगारका क्रममा ठगिने क्रम बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न लागि तल्लो तहबाटै सबै जुट्न आवश्यक रहेको बताउनुभयो । वैदेशिक रोजगार विभागले अनुसन्धानका क्रममा जानकारीमा आएका यस्ता घटनाबारे  अनुसन्धान  गरी कानुनी सहयोगका लागि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानव बेचविखन अनुसन्धान ब्युरोलाई जानकारी उपलब्ध गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य