२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मलेसियामा भएको सडक दुर्घटनामा एक नेपालीको मृत्यु

२०७९, ३० फाल्गुन मंगलवार ०८:१७

फागुन ३०, काठमाडौँ | सडक दुर्घटनामा परेर मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।

सोमबार विहान करिव ६ बजेतिर साथीलाई कामस्थलमा छोड्न जानेक्रममा दाङ घर भएका करिव ३५ वर्षीय रुपचन्द्र केसीको कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । केसी विगत तीन वर्षदेखी मलेसियामा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका थिए । 


नेपालबाट नयाँ गएका साथीलाई कामस्थल देखाउन सडक पार गर्ने क्रममा कारले ठक्कर दिएको उनीसँगै कोठामा बस्ने उनका साथीले जानकारी दिए ।

‘हामी बस्ने होस्टेलमा उहाँको डिउटी थियो, अर्को साथीले काम गर्ने स्थल थाहा नभएकाले ठाउँ देखाउन सडक पार गर्ने क्रममा कारले ठक्कर दिएको हो,’ साथीले भने, ‘विच सडकमै उनलाई ठक्कर दिएपछि केसीको घटनास्थलमै मृत्यु भयो । प्रहरीले शव उठाएर अस्पताल लगेको छ ।’

उनको घर दाङ भएपनि अन्य ठेगाना पहिचान भइनसकेको उनीसँगै बस्दै आएका नेपालीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु