४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ठमेल क्षेत्रका घर टहराधनीलाई महानगरपालिकाले निकाल्यो १५ दिने सूचना

१ चैत्र २०७९, बुधबार ०७:०१

चैत १, काठमाडौँ | काठमाडौँ महानगपालिको ठमेल क्षेत्रमा नक्सा पास नगरी निर्माण गरेका घर टहरा खाली गर्न १५ दिने सूचना जारी गरेको छ । बुधवार गोरखापत्रमा  सूचना प्रकाशन गर्दै नक्सा पास नगरी निर्माण भएका घर टहराहरूमा व्यवसाय सञ्चालन गरी आएका व्यवसायीले करिब २ वर्षदेखि भाडा रकम नतिरी, जबरजस्ती स्थान ओगटी भाडा रकम माग्दा विभिन्न धाक धम्की दिएको उल्लेख गर्दै १५ दिनभित्र महानगर पालिकोको वडा नम्बर २६ को  कार्यालयमा उपस्थित हुन भनिएको छ । 

सूचनामा भनिएको छ–‘यस वडा अन्तर्गत गोङ्गबु स्थित गल्फ रियल स्टेट प्राविको नाममा दर्ता कायम रहेको कि.नं. २२७, ७७, २९०, २९२, २९४, २२४, २२६, २९५ र ७९ मा नक्सा पास नगरी निर्माण भएका घर टहराहरूमा व्यवसाय सञ्चालन गरी आएका व्यवसायीले करिब २ वर्षदेखि भाडा रकम नतिरी, जबरजस्ती स्थान ओगटी भाडा रकम माग्दा विभिन्न धाक धम्की दिएको तथा नेपालको संविधान प्रदत्त सम्पत्ति सम्बन्धी हक उपभोग गर्नबाट जग्गा धनी वञ्चित हुन पुगेकोले काठमाडौँ महानगर पालिका घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा २७ उपदफा ३ बमोजिम निम्न व्यवसायीहरूलाई यस कामपा २६ वडा कार्यालयमा १५ दिन भित्र उपस्थित हुन अनुरोध गरिन्छ ।’

महानगरपालिकाले नक्सा पास नभएका घर टहरामा व्यवसाय सञ्चालन गर्ने २६ जना व्यक्ति तथा संस्थाको नाम समेत सार्वजनिक गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ