२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ठमेल क्षेत्रका घर टहराधनीलाई महानगरपालिकाले निकाल्यो १५ दिने सूचना

२०७९, १ चैत्र बुधबार ०७:०१

चैत १, काठमाडौँ | काठमाडौँ महानगपालिको ठमेल क्षेत्रमा नक्सा पास नगरी निर्माण गरेका घर टहरा खाली गर्न १५ दिने सूचना जारी गरेको छ । बुधवार गोरखापत्रमा  सूचना प्रकाशन गर्दै नक्सा पास नगरी निर्माण भएका घर टहराहरूमा व्यवसाय सञ्चालन गरी आएका व्यवसायीले करिब २ वर्षदेखि भाडा रकम नतिरी, जबरजस्ती स्थान ओगटी भाडा रकम माग्दा विभिन्न धाक धम्की दिएको उल्लेख गर्दै १५ दिनभित्र महानगर पालिकोको वडा नम्बर २६ को  कार्यालयमा उपस्थित हुन भनिएको छ । 

सूचनामा भनिएको छ–‘यस वडा अन्तर्गत गोङ्गबु स्थित गल्फ रियल स्टेट प्राविको नाममा दर्ता कायम रहेको कि.नं. २२७, ७७, २९०, २९२, २९४, २२४, २२६, २९५ र ७९ मा नक्सा पास नगरी निर्माण भएका घर टहराहरूमा व्यवसाय सञ्चालन गरी आएका व्यवसायीले करिब २ वर्षदेखि भाडा रकम नतिरी, जबरजस्ती स्थान ओगटी भाडा रकम माग्दा विभिन्न धाक धम्की दिएको तथा नेपालको संविधान प्रदत्त सम्पत्ति सम्बन्धी हक उपभोग गर्नबाट जग्गा धनी वञ्चित हुन पुगेकोले काठमाडौँ महानगर पालिका घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा २७ उपदफा ३ बमोजिम निम्न व्यवसायीहरूलाई यस कामपा २६ वडा कार्यालयमा १५ दिन भित्र उपस्थित हुन अनुरोध गरिन्छ ।’

महानगरपालिकाले नक्सा पास नभएका घर टहरामा व्यवसाय सञ्चालन गर्ने २६ जना व्यक्ति तथा संस्थाको नाम समेत सार्वजनिक गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण