६ महिनामा ७ अर्बको कफी तथा चिया निर्यात

Posted on: 23 Jan, 2024

माघ ९, काठमाडौँ | नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब रुपैयाँको कफी तथा चिया निर्यात गरेको छ । 

भन्सार विभागका अनुसार ७ अर्ब २४ करोड ४६ लाख ५६  हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गरेको हो । ७ अर्ब २४ करोड ४६ लाख ५६  हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गर्दा ५ अर्ब ६८ करोड ११ लाख ५३ हजार रुपैयाँको आयात गरेको छ । 

नेपालले अन्य कृषिजन्यवस्तुमा घाटा ब्यहोरेपनि कफी, चियामा नाफा निकालेको छ । ६ महिनाको अवाधिमा १ अर्ब ५६ करोड ३५ लाख ३ हजार रुपैयाँ ब्यापार नाफा देखिएको विभागले जनाएको छ । सरकारले सो कारोबारबाट १ अर्ब ५४ करोड ७१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

नेपालबाट अस्ट्रेलिया, फ्रेन्स, जापान, कोरिया, नेडरल्याण्ड, जर्मनी लगायत मुलुमा कफी र चिया निर्यात गरिन्छ भने अस्ट्रेलिया, चीन, भारत लगायत मुलुकबाट आयात गरिने विभागको तथ्यांकमा उल्लेख छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!