आज सुनको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

Posted on: 24 Jan, 2024

माघ १०, काठमाडौं | नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य  १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!