हेर्नुहोस्, आज कतिमा हुँदैछ सुनचाँदी कारोबार?

Posted on: 26 Jan, 2024

माघ १२, काठमाडौँ | शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजपनि सोही कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!