सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ, हेर्नुहोस् आज कतिमा हुँदैछ किनबेच ?

Posted on: 28 Jan, 2024

माघ १४, काठमाडौँ | नेपाली बजारमा तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो बिहीबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रवार र आज आइतबार पनि सोही कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो बिहीबारकै मूल्यमा प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यता चाँदीको मूल्य पनि गत बिहीबारकै मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!