लगातार आज चौथो दिन बढ्यो सुनको भाउ, कतिमा हुँदै छ खरिदबिक्री ?

Posted on: 01 Feb, 2024

माघ १८, काठमाडौँ | नेपाली बजारमा लगातार आज चौथो दिन पनि सुनको भाउ बढेको छ। बिहिबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । गत सोमबारदेखि सुनको मूल्य बढीरहँदा आज पनि सुनको भाउमा बढोत्तरी भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि, बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार १५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!