दोल्ती पावरको आईपीओ बिक्री खुला, कसले दिन पाउँछन् आवेदन ?

Posted on: 20 Feb, 2023

फागुन ८,  काठमाडौँ | दोल्ती पावर कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । पावरले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाउने भएको हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत सेयर बिक्री गर्ने छ । कम्पनीले स्थानीयका लागि ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री गर्ने योजना बनाएको छ ।

यसमध्ये, नौमुले र कालिका गाउँपालिकाका स्थानीय वासिन्दाका लागि २ लाख ४८ हजार ३४३ कित्ता सेयर बिक्री हुनेछ । यस्तै, दैलेख जिल्लावासीका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर छुट्याइएको छ । सर्वसाधारणतर्फ छुट्याइएको सेयरको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेकालाई छुट्याइएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई १ लाख ७ हजार २९२ कित्ता सेयर विनियोजन गरेको छ । कम्पनीले दैलेखमा ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!