यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on: 22 Feb, 2023

फागुन १०, काठमाडौँ | नेपाल राष्ट्र बैँकले  मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ १७ पैसा र बिक्री दर १३२ रूपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ८८ पैसा र बिक्री दर १४१ रूपैयाँ ५२ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८६ पैसा र बिक्री दर १६० रूपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!