कविता उपाध्याय/असोज ११, रोल्पा । “गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कविता उपाध्याय/असोज ११, रोल्पा । “गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

गाउँकै दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो

२०७३, ११ आश्विन मंगलवार ०६:३०

कविता उपाध्याय/असोज ११, रोल्पा । “गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१ माडीचौर रोल्पाकी रसिला केसीले भन्नुभयो । 

कक्षा ६ उत्तीर्ण भएसँगै १६ वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी केसीलाई आजभोलि अध्ययन बीचमै रोकिएकोमा निकै ठूलो पछुतो परेको छ । ओनसरी दिदीले जस्तै देश चलाउन नसके पनि पढेको भए जागिर खाएर आफ्नो खुट्टामा उभिने थिएँ, उहाँले भन्नुभयो । 

त्यतिबेला बालविवाहको बारेमा केही पनि नबुझेको बताउने केसीले ह्वामा–१ कर्तम, रोल्पाका १६ वर्षकै विक्रम केसीसँग आजभन्दा करिब चार वर्ष पहिले प्रेम विवाह गर्नुभएको थियो भने १७ वर्षको उमेरमा उहाँ आमा बनिसक्नुभएको थियो । हाल केसीको परिवार बसाइँसराइ गरेर जङ्कोट–१ माडीचौर, रोल्पामा बस्दै आएको छ । 

घरपरिवार र श्रीमान्बाट बराबर माया पाउँदै आएको भएपनि विवाह भएको एक वर्षभित्रै आमा बन्नुपर्दा उहाँको अध्ययन बीचमै रोकिएको हो । “पढ्ने चाहना भएर के गर्नु बच्चा गर्भमा भएपछि स्कुल जान गाह्रो भयो । चाहेर पनि स्कुल जान सकिएन । घरपरिवारले मेरो पढाइका बारेमा सधैँ चिन्ता गथ्र्यो, तरपनि आमा भएपछि जिम्मेवारी थपिएको महसुस हुँदोरहेछ । साथीहरुका अगाडि किताब बोकेर स्कुल जान लाज लाग्यो, अनि पढाइ बीचमै रोक्न बाध्य भएँ,” केसीले भन्नुभयो । 

साथीहरु किताब बोकेर स्कुल जाँदै गर्दा केसी आमा बनेर बच्चाको स्याहार सुसारमै ब्यस्त बन्नुपरेको छ, हिजोआज । उहाँलाई पढेर डाक्टर बन्ने रहर थियो, तर सपना सपनामै सीमित रह्यो । 

हतारमा विवाह बन्धनमा बाँधिएकी केसीलाई फर्सदमा पछुतो परेको छ । “मसँग सबैकुरा छ । आमाबुबा जत्तिकै माया गर्ने सासूससुरा हुनुहुन्छ । आवश्यकता अनुसार खर्च पनि गरेकै छु । श्रीमान्को मायामा पनि कमी आएको छैन, तर आफ्नो खुट्टामा उभिन सकिएन, त्यसमै चिन्ता लाग्छ,” उहाँले भन्नुभयो । 

उहाँका अनुसार चार वर्षको बीचमा जिल्लामा धेरै परिवर्तन आइसकेको छ । त्यतिबेला गाउँमा बालविवाहको बारेमा कसैलाई कुनै किसिमको जानकारी थिएन । यस विषयमा चर्चा पनि चल्दैनथ्यो । तर अहिले हरेक दिन रेडियोले बालविवाहका बारेमा केही न केही बोलिरहेको हुन्छ, पत्रपत्रिकामा पनि बालविवाहका कुरा पढ्न पाइन्छ । 

“अब त बालविवाह गरे कानुन लाग्छ भन्ने विषयमा पनि बुझेकी छु । बीस वर्षपछि अध्ययन पूरा गरेर विवाह गरे आफ्नो खुट्टामा उभिन सकिन्छ । त्यसैले पछिल्लो पुस्ताका सबैलाई विवाहका बारेमा हतार नगर्न अनुरोध गर्छु”, केसीले भन्नुभयो ।

जिल्लामा बाल विवाह न्यूनीकरणका लागि अभियान थालिएसँगै पछिल्ला दिनमा बालविवाह न्यूनीकरणमा केही कमी आउँछ कि भन्ने अभिभावकले आशा सङ्गालेको बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने