डिल्लीराज रावत/असोज १२, सल्यान । राज्यको तर्फबाट विभिन्न कार्यक्रमका रुपमा कृषकहरुलाई दिइने अनुदान वास्तविक किसान सम्म नपुगेको एक कार्यक्रमका सहभागिहरुले बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डिल्लीराज रावत/असोज १२, सल्यान । राज्यको तर्फबाट विभिन्न कार्यक्रमका रुपमा कृषकहरुलाई दिइने अनुदान वास्तविक किसान सम्म नपुगेको एक कार्यक्रमका सहभागिहरुले बत"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

सल्यानमा सरकारको अनुदान वास्तविक किसानसम्म पुगेन

१२ आश्विन २०७३, बुधबार १२:१३


डिल्लीराज रावत/असोज १२, सल्यान । राज्यको तर्फबाट विभिन्न कार्यक्रमका रुपमा कृषकहरुलाई दिइने अनुदान वास्तविक किसान सम्म नपुगेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । 

अन्य व्यवसाय भएका टाँठाबाँठा तथा पहुचवालाहरुले मात्रै सरकारी तवरबाट हुने कार्यक्रमहरु लिन पाएकोमा सरोकारवालाले त्यस तर्फ आफ्नो ध्यान गएको बताएका छन । जिल्ला पशु सेवा कार्यालय सल्यानले खलंगामा गरेको बार्षिक कार्यक्रम सार्वजनिकिकरण तथा अभिमुखिकरण गोष्ठीलाई सम्बोधन गर्ने क्रममा कार्यक्रममा सहभागिहरुले वास्तविक किसानका लागि आएका कार्यक्रम उनिहरुलाई नै दिनुपर्ने बताएका हुन । 

सल्यानमा कृषि, पशु, उद्योग विभिन्न क्षेत्रबाट आएको अनुदान पहुचवालाको मुठिमा रहेको भन्दै उनिहरुले किसानका लागि त्यस्ता कार्यक्रममा प्रस्तावना राख्न सहयोग गर्नलाई सहयोग गर्नुपर्ने बताएका हुन । 

निमित्त स्थानिय विकास अधिकारी सुरेश अधिकारीको अध्यक्षता एवम प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय सल्यानका वरिष्ट पशु विकास अधिकृत वाल कुमार श्रेष्ठले सल्यानमा यस आर्थिक बर्षमा हुने कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए । 


सल्यानमा यसबर्ष पशु सवास्थ्य सेवा, पशु आहार विकास सेवा, नश्ल सुधार कार्यक्रम, पशु सेवा तालिम तथा प्रसार सेवा, पशु बजार प्रवद्र्धन बजारिकरण, पशु सेवा कोष स्थापना तथा संस्थागत विकास र समन्वय सहकार्यका कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिएका छन । 

सल्यानमा मासुको विकास माग अनुसार भएपनि अण्डामा आत्मनिर्भर नभएकोले त्यस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा लिनेगरि योजना निर्माण गरिएको आयोजकले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयको सभाकक्षमा भएको कार्यक्रममा वरिष्ट कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले २ बर्षको अवधिमा गरेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । 

रुपसिंह राइले संचालन गरेको कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख प्रतिनिधि, पत्रकार, पशुसेवा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी