डिल्लीराज रावत/असोज १२, सल्यान । राज्यको तर्फबाट विभिन्न कार्यक्रमका रुपमा कृषकहरुलाई दिइने अनुदान वास्तविक किसान सम्म नपुगेको एक कार्यक्रमका सहभागिहरुले बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डिल्लीराज रावत/असोज १२, सल्यान । राज्यको तर्फबाट विभिन्न कार्यक्रमका रुपमा कृषकहरुलाई दिइने अनुदान वास्तविक किसान सम्म नपुगेको एक कार्यक्रमका सहभागिहरुले बत"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

सल्यानमा सरकारको अनुदान वास्तविक किसानसम्म पुगेन

२०७३, १२ आश्विन बुधबार १२:१३


डिल्लीराज रावत/असोज १२, सल्यान । राज्यको तर्फबाट विभिन्न कार्यक्रमका रुपमा कृषकहरुलाई दिइने अनुदान वास्तविक किसान सम्म नपुगेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । 

अन्य व्यवसाय भएका टाँठाबाँठा तथा पहुचवालाहरुले मात्रै सरकारी तवरबाट हुने कार्यक्रमहरु लिन पाएकोमा सरोकारवालाले त्यस तर्फ आफ्नो ध्यान गएको बताएका छन । जिल्ला पशु सेवा कार्यालय सल्यानले खलंगामा गरेको बार्षिक कार्यक्रम सार्वजनिकिकरण तथा अभिमुखिकरण गोष्ठीलाई सम्बोधन गर्ने क्रममा कार्यक्रममा सहभागिहरुले वास्तविक किसानका लागि आएका कार्यक्रम उनिहरुलाई नै दिनुपर्ने बताएका हुन । 

सल्यानमा कृषि, पशु, उद्योग विभिन्न क्षेत्रबाट आएको अनुदान पहुचवालाको मुठिमा रहेको भन्दै उनिहरुले किसानका लागि त्यस्ता कार्यक्रममा प्रस्तावना राख्न सहयोग गर्नलाई सहयोग गर्नुपर्ने बताएका हुन । 

निमित्त स्थानिय विकास अधिकारी सुरेश अधिकारीको अध्यक्षता एवम प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय सल्यानका वरिष्ट पशु विकास अधिकृत वाल कुमार श्रेष्ठले सल्यानमा यस आर्थिक बर्षमा हुने कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए । 


सल्यानमा यसबर्ष पशु सवास्थ्य सेवा, पशु आहार विकास सेवा, नश्ल सुधार कार्यक्रम, पशु सेवा तालिम तथा प्रसार सेवा, पशु बजार प्रवद्र्धन बजारिकरण, पशु सेवा कोष स्थापना तथा संस्थागत विकास र समन्वय सहकार्यका कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिएका छन । 

सल्यानमा मासुको विकास माग अनुसार भएपनि अण्डामा आत्मनिर्भर नभएकोले त्यस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा लिनेगरि योजना निर्माण गरिएको आयोजकले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयको सभाकक्षमा भएको कार्यक्रममा वरिष्ट कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले २ बर्षको अवधिमा गरेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । 

रुपसिंह राइले संचालन गरेको कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख प्रतिनिधि, पत्रकार, पशुसेवा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से