(सास) मंसिर २२ बैतडी ।
मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लाको दुर्गमका महिलाहरुको उल्लेख्य उपस्थितिमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ को वार्षिक समिक्षा गरेको छ ।

जिल्लामा महि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास) मंसिर २२ बैतडी ।
मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लाको दुर्गमका महिलाहरुको उल्लेख्य उपस्थितिमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ को वार्षिक समिक्षा गरेको छ ।

जिल्लामा महि"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

दुर्गमका महिलाहरुको उपस्थितिमा गरियो वर्ष पुस्तकको समिक्षा

२०७३, २२ मंसिर बुधबार ११:२९

(सास) मंसिर २२ बैतडी ।
मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लाको दुर्गमका महिलाहरुको उल्लेख्य उपस्थितिमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ को वार्षिक समिक्षा गरेको छ ।

जिल्लामा महिला हिंसाका घटनाहरु अन्य घटनाको तुलनामा बढी हुने भएकाले महिलाहरुलाई अधिकारको ज्ञान दिने उद्देश्यले दुर्गमका महिला, जिल्ला स्थित सरोकारवाला निकाय र राजनीतिक दलहरुको संयुक्त उपस्थितिमा इन्सेकले उक्त वर्ष पुस्तकको समिक्षा गरेको हो ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै इन्सेक, दलित महिला संघ, अनिरुद्र ग्रामिण विकास सेवा केन्द्र, स्वदेश, मित्रसंघ, दलित समाज विकास मञ्च, दलित महिला सचेतना समाज लगायतका संस्थाहरुले मंसिर २२ गते संविधानमा उल्लेखित महिलाको पक्षका कानून कार्यान्वयन र बैतडी जिल्लामा घटेका महिला हिंसाका घटना सार्वजनिकिकरण विषय एक दिने अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेका थिए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरी बडुले सार्वजनिक गरेका घटनाहरु सम्बन्धि सुझाव सहित उपस्थित महिलाहरुलाई कानून र हिंसाका बारेमा जिल्ला न्यायधिस धुर्व कुमार साहले प्रशिक्षण दिएका थिए ।

जिल्लाको दुर्गम क्षेत्रका महिलाहरुलाई अधिकारको बारेमा जानकारी दिन आवश्यक रहेको न्यायधिस शाहको भनाई छ । “जिल्लामा मानव अधिकार संम्बन्धि काम गर्ने संघ संस्थाहरुले जिल्लाको दुर्गम क्षेत्रका स्थानीयलाई मानव अधिकार सम्बन्धि शिक्षा दिने हो भने त्यसमा जिल्ला अदालत बैतडी र आफुले पनि निशुल्क प्रशिक्षण दिन्छु” उनले भने ।

०७३ असार देखि हाल सम्म जिल्लामा ३० वटा मानव अधिकार उलंघनका घटना भएको तथ्याङ्क इन्सेक बैतडीले सार्वजनिक गरेको छ । इन्सेकका अनुसार ६ महिनाको अवधिमा महिलालाई मानसिक यातना दिएका ६, महिलालाई कुटपिट गरेका १९, जबरजस्तिकरणीका १, जबरजस्तिकरणी उद्योगका १, महिलालाई घरबाट निकालेको अर्थात पालन पोषण नगरेका १ र महिला हत्याका २ घटेका छन् ।

सन् २०१६ जनवरी देखि हालसम्म जिल्लामा १ सय ८ जना महिलाहरुले जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दर्ता गराएका छन् । यस्तै जनवरी देखि हाल सम्म जिल्लामा १७ महिला,  १३ पुरुष र १ बालकले आत्माहत्या गरेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ ।

कार्यक्रममा जिल्ला न्यायधिस धुर्वकुमार शाह, पुर्व सांसद पुरनसिह दयाल र इन्सपेक्टर सुरेन्द्र बम, जिल्ला स्थित पत्रकार, नागरिक समाज, राजनीतिक दल गायत एक सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमकै अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा प्रकाशित मौलिक हक सम्बन्धि पुस्तक समेत सरोकारवाला र महिलाहरुलाई वितरण गरिएको थियो । कार्यक्रमको जिल्लाका तीनवटै एफ.एमहरुले प्रत्यक्ष प्रशारण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन