फागुन ११ गते बिराटनगर

बर्षमा दुइ चार वटा ब्यूटि कन्टेन्टस् बिराटनगरमा हुने गरेको भएपनी बिजेता बनाउन आयोजक ले मोटो रकम माग्ने गरेको रहस्य खुलेको छ ।भर्खरै मात्र आयोजना भएर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
फागुन ११ गते बिराटनगर

बर्षमा दुइ चार वटा ब्यूटि कन्टेन्टस् बिराटनगरमा हुने गरेको भएपनी बिजेता बनाउन आयोजक ले मोटो रकम माग्ने गरेको रहस्य खुलेको छ ।भर्खरै मात्र आयोजना भएर"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

ब्यूटि कन्टेन्टसको नाममा ठगी घन्दा मौलाउदै

११ फाल्गुन २०७३, बुधबार ०२:०८

फागुन ११, बिराटनगर | बर्षमा दुइ चार वटा ब्यूटि कन्टेन्टस् बिराटनगरमा हुने गरेको भएपनी बिजेता बनाउन आयोजक ले मोटो रकम माग्ने गरेको रहस्य खुलेको छ ।भर्खरै मात्र आयोजना भएर सकिएको ब्यूटि कन्टेन्टस् मिस कोशी नेपाल को पहिलो ताज लगाउनकालागी प्रतियोगी ले १० लाख रुपैया आयोजकलाई बुझाएको रहस्य खुलेको हो ।

बिराटनगरमा एक महिना अघि देखि जय मिडिया इन्टरटेनमेन्ट ले  मिस कोशीको प्रतीस्प्रधा गराइ , बिजेता हुन   पहिलो ताजका लागी लागी प्रत्येक प्रतिस्प्रधि हरुलाई फोन बाट र फेसबुक बाट ४ लाख देखि १० लाख सम्म मागेको कल रेकर्ड बाहिरीएपछि आयोजक बिवादमा तानिएको छ ।

३ बर्ष देखि बिराटनगरमा जय मिडिया इन्टरटेनमेन्ट ले मिस कोशीको आयोजना गर्दै आएको थियो । यसबर्षको मिस कोशीमा २६ जना सुन्दरी हरुले प्रतिस्प्रधा गरेका थिए । पुर्वको बिभिन्न जिल्ला र काठमाण्डौ बाट समेत मिस कोशीमा सहभागीहुन सुन्दरी हरुको उपस्थीती रहेको   थियो । तर फाइनलमा पुग्दा पहिलो र दोश्रो हुनका लागी आयोजकले पैसा मागेको प्रतिस्प्रधि हरुको भनाइ छ ।

काठमाण्डौ बाट मिस कोशीका लागी भाग लिन बिरानगर आइपुगेकी रिया चन्दका अनुसार आयोजकका अबिदिप बुढाथोकिले फोन बाट रकम मागेको बताइन् । यता आयोजकले होस्टल र कस्टमको खर्च भनेर २५ हजार आफु संग लिएको समेत बताइन ।  उनि बिराटनगरको होस्टलको रकम आयोजकलो तिर्ने सर्तमा होस्टल बसेको भएपनी रकम नतिरी दिँदा अफुलाई समस्या परेको र उनी घर फर्किन नपाएको बताइन।
आफुहरुले १० लाख दिन नसक्दा आफुहरु बिजेटाको ताज पहिरीन नसकेको सहभागीहरुको बताउँछन् । एक लाख पुरस्कार बिजेताले पाउने भनिएपनी बिभिन्न बाहनामा आयोजक ले सहभागी हरुबाट रकम असुुलेको सहभागी चन्दको भनाइ छ । कार्यक्रम को फाइनल नजिकिदै जाँदा मिस कोशीका सहभागी हरुलाई १ हजार दरका १० वटा टिकट बिक्री गर्न आयोजकले दबाव दिएको र टिकट बेच्न नसक्दा आफुहरुले आफ्नै पैसा आयोजकलाई बुझउनु परेको समेत गुनासो गरे । उनीहरुले आफुहरुलाई बिभिन्न बाहना बनाएर जय मिडिया इन्टरटेन्मेन्ट प्रालीले ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरंगमा समेत उजूरी परेको छ । जिल्ला प्रशासन कार्यालय मोरंगले सत्य तथ्य छानबिन गरी कारकाहि गर्न जिल्ला प्रहरी कार्यालय मोरंगलाई निर्देशन दिएको छ ।

यता जय मिडियाको तर्फ बाट भने आफु हरु बाट यस्तो कार्य नभएको जय मिडिया का सिइओ जय रोय ले बताएका छन् । हारेका प्रतियोगीले आफुहरुलाई बद्नाम गर्न खोजेको भन्दै आफ्ना मातहतका कुनै कर्मचारीले रकम मागेको प्रमाणित भए कारबाहि गर्ने समेत बताए । सिजन ३ मिस कोशी २०७३ को ताज इटहरी कि सुजना खड्काले पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन