फागुन १८, भक्तपुर । विसं २०६५ देखि आवाजजावत गर्दै आएको बाटो एक व्यक्तिले डोजर लाएर बन्द गरिदिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ न्याचोपौवाका बासिन्दा नाकाबन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १८, भक्तपुर । विसं २०६५ देखि आवाजजावत गर्दै आएको बाटो एक व्यक्तिले डोजर लाएर बन्द गरिदिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ न्याचोपौवाका बासिन्दा नाकाबन्"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

भक्तपुरमा आठ वर्ष अघि सञ्चालनमा ल्याइएको मोटरबाटो एकै व्यक्तिले बन्द गरिदिए

२०७३, १८ फाल्गुन बुधबार ०७:५३

फागुन १८, भक्तपुर । विसं २०६५ देखि आवाजजावत गर्दै आएको बाटो एक व्यक्तिले डोजर लाएर बन्द गरिदिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ न्याचोपौवाका बासिन्दा नाकाबन्दीको मारमा परेका छन् । 

आफ्नै घर जाने बाटो व्यक्तिले बन्द गराएपछि आफ्नै गाउँमा नाकाबन्दीको मारमा परियो भन्दै न्यायका लागि यहाँका बासिन्दा जिल्ला प्रशासन कार्यालयमा धाएका छन् । 

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई पीडित स्थानीय बासिन्दाले हस्ताक्षरसहित बाटो सुचारु गरिदिन ज्ञापनपत्र बुझाए । 

स्थानीयवासीले चाँगुनारायण नगरपालिका–न्याचोपौवा बुढाथोकी माझ गाउँ ज्योतिलिङ्गेश्वर सडक स्थानीय प्रकाश बुढाथोकीले एकतर्फी रुपमा बन्द गराएको भन्दै बाटो सुचारु गर्न ज्ञापनपत्र बुझाएका हुन । 

जिल्ला प्रशासन कार्यालयमा भेला भएका स्थानीयवासीले २०६५ सालमा २० फिट चौडाइ बनाएर निर्माण गरिएको उक्त सडकलाई नगरपालिकाले बीचबाट दायाँबायाँ पाँच मिटर छोडेर मात्रै घर बनाउन पाउने गरी मापदण्ड तोकेको बताएका छन् । 

उक्त सडकमा तत्कालीन चाँगुनारायण गाविस, हालको चाँगुनारायण नगरपालिकाको बजेटबाट ग्राबेल गरिएको र सहरी विकास प्राधिकरणको बजेटबाट ड्रेन तथा पर्खाल लगाएकामा ड्रेन र पर्खाल समेत पुरेर ५० मिटर सडक बन्द गराएपछि उनीहरुको आवतजावत रोकिएको स्थानीय सानुकाजी बुढाथोकीले बताउनुभयो । 

स्थानीय प्रकाश बुढाथोकीले डोजर लगाएर बाटोलाई खेतमा परिणत गरेपछि जनिकैका २० घरपरिवारका बासिन्दालाई आवातजावतमा कठिनाई भएको प्रमुख जिल्ला अधिकारी पोखरेलसंग गुनासो गरेका हुन् । 

सडक पुरेपछि गाउँमा एम्बुलेन्स र दमकल जाने सडक समेत नभएको बताउँदै स्थानीयवासीले तत्काल सडक खोल्न माग गरेका छन् । 

प्रजिअ समक्ष नेपाली काँग्रेसका स्थानीय नेता शिवहरि केसीले स्थानीयवासीलाई अन्याय परेकाले सोही सडकलाई पुन: खुलाउनुपर्ने बताउनुभयो । सडक पुर्ने प्रकाश बुढाथोकीले आठ वर्षअघि आफ्नो जग्गाको बीचबाट सडक निर्माण गरेर लगेको बताउँदै हाल जग्गा बिग्रने भएकाले सडक पुरेको बताउनुभयो । 

प्रजिअ पोखरेल समक्ष उहाँले आफ्नो जग्गाबाट कुनै हालतमा सडक लैजान नदिने जिकिर गर्दैै नजिकै रहेको राजकुलोबाट सडक लैजानुपर्ने बताउनुभयो । प्रजिअ पोखरेलले नजिकै राजकुलो रहेको अवस्थामा त्यहीँबाट नयाँ सडकको ट्र्याब खोलेर समस्याको समाधान गर्न सकिने गरी छलफल भएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा