फागुन १८, भक्तपुर । विसं २०६५ देखि आवाजजावत गर्दै आएको बाटो एक व्यक्तिले डोजर लाएर बन्द गरिदिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ न्याचोपौवाका बासिन्दा नाकाबन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १८, भक्तपुर । विसं २०६५ देखि आवाजजावत गर्दै आएको बाटो एक व्यक्तिले डोजर लाएर बन्द गरिदिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ न्याचोपौवाका बासिन्दा नाकाबन्"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

भक्तपुरमा आठ वर्ष अघि सञ्चालनमा ल्याइएको मोटरबाटो एकै व्यक्तिले बन्द गरिदिए

१८ फाल्गुन २०७३, बुधबार ०७:५३

फागुन १८, भक्तपुर । विसं २०६५ देखि आवाजजावत गर्दै आएको बाटो एक व्यक्तिले डोजर लाएर बन्द गरिदिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ न्याचोपौवाका बासिन्दा नाकाबन्दीको मारमा परेका छन् । 

आफ्नै घर जाने बाटो व्यक्तिले बन्द गराएपछि आफ्नै गाउँमा नाकाबन्दीको मारमा परियो भन्दै न्यायका लागि यहाँका बासिन्दा जिल्ला प्रशासन कार्यालयमा धाएका छन् । 

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई पीडित स्थानीय बासिन्दाले हस्ताक्षरसहित बाटो सुचारु गरिदिन ज्ञापनपत्र बुझाए । 

स्थानीयवासीले चाँगुनारायण नगरपालिका–न्याचोपौवा बुढाथोकी माझ गाउँ ज्योतिलिङ्गेश्वर सडक स्थानीय प्रकाश बुढाथोकीले एकतर्फी रुपमा बन्द गराएको भन्दै बाटो सुचारु गर्न ज्ञापनपत्र बुझाएका हुन । 

जिल्ला प्रशासन कार्यालयमा भेला भएका स्थानीयवासीले २०६५ सालमा २० फिट चौडाइ बनाएर निर्माण गरिएको उक्त सडकलाई नगरपालिकाले बीचबाट दायाँबायाँ पाँच मिटर छोडेर मात्रै घर बनाउन पाउने गरी मापदण्ड तोकेको बताएका छन् । 

उक्त सडकमा तत्कालीन चाँगुनारायण गाविस, हालको चाँगुनारायण नगरपालिकाको बजेटबाट ग्राबेल गरिएको र सहरी विकास प्राधिकरणको बजेटबाट ड्रेन तथा पर्खाल लगाएकामा ड्रेन र पर्खाल समेत पुरेर ५० मिटर सडक बन्द गराएपछि उनीहरुको आवतजावत रोकिएको स्थानीय सानुकाजी बुढाथोकीले बताउनुभयो । 

स्थानीय प्रकाश बुढाथोकीले डोजर लगाएर बाटोलाई खेतमा परिणत गरेपछि जनिकैका २० घरपरिवारका बासिन्दालाई आवातजावतमा कठिनाई भएको प्रमुख जिल्ला अधिकारी पोखरेलसंग गुनासो गरेका हुन् । 

सडक पुरेपछि गाउँमा एम्बुलेन्स र दमकल जाने सडक समेत नभएको बताउँदै स्थानीयवासीले तत्काल सडक खोल्न माग गरेका छन् । 

प्रजिअ समक्ष नेपाली काँग्रेसका स्थानीय नेता शिवहरि केसीले स्थानीयवासीलाई अन्याय परेकाले सोही सडकलाई पुन: खुलाउनुपर्ने बताउनुभयो । सडक पुर्ने प्रकाश बुढाथोकीले आठ वर्षअघि आफ्नो जग्गाको बीचबाट सडक निर्माण गरेर लगेको बताउँदै हाल जग्गा बिग्रने भएकाले सडक पुरेको बताउनुभयो । 

प्रजिअ पोखरेल समक्ष उहाँले आफ्नो जग्गाबाट कुनै हालतमा सडक लैजान नदिने जिकिर गर्दैै नजिकै रहेको राजकुलोबाट सडक लैजानुपर्ने बताउनुभयो । प्रजिअ पोखरेलले नजिकै राजकुलो रहेको अवस्थामा त्यहीँबाट नयाँ सडकको ट्र्याब खोलेर समस्याको समाधान गर्न सकिने गरी छलफल भएको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट