सलिम अन्सारी/चैत ७, प्युठान । घरअघिको खालि जग्गा तिर हेर्दा फोर्साबाङका इस्माइल मियाको मन कुडिएंर आउछ । 

बस्तिभित्रको मनोरम स्थानमा रहेको उक्त जग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/चैत ७, प्युठान । घरअघिको खालि जग्गा तिर हेर्दा फोर्साबाङका इस्माइल मियाको मन कुडिएंर आउछ । 

बस्तिभित्रको मनोरम स्थानमा रहेको उक्त जग"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

राष्ट्रपतीसंग सहयोगको आस,मदन आश्रित जग्गा अलपत्र

७ चैत्र २०७३, सोमबार ०६:०३


सलिम अन्सारी/चैत ७, प्युठान । घरअघिको खालि जग्गा तिर हेर्दा फोर्साबाङका इस्माइल मियाको मन कुडिएंर आउछ । 

बस्तिभित्रको मनोरम स्थानमा रहेको उक्त जग्गामा मदन-आश्रीतको संझनामा भौतिक संरचना निर्माण गर्ने भनिएपनी  कहिकतैबाट पहल नगरिदा  उनलाई दुख लागेको हो । मदन आश्रित स्मृति प्रतिष्ठानको जग्गा यहाँ गौचरणमा परिणत भएको छ ।  

दुई दशकअघि यस क्षेत्रमा रहेको सुकुम्बासी समस्या सामाधान गर्न सुकुम्बासी समस्या समाधान आयोगले भूमिहीनलाई जग्गा उपलब्ध गराउँदा १३ रोपनी जग्गा मदन आश्रित स्मृति प्रतिष्ठानको नाममा छुट्टाएको थियो । जिल्लाको दक्षिणी क्षेत्र बाङ्गेसाल गाविस–२ फोर्सावाङमा रहेको जग्गा  प्रयोगविहीन भएको हो । लामो समय देखि प्रयोगबिहिन जग्गा उपयोगमा ल्याउन कसैले चासो नदिएको स्थानियको गुनासो छ ।

आयोगले मदन आश्रित स्मृतिमा भौतिक संरचना निर्माण गर्न जग्गा उपलब्ध गराए पनि प्रतिष्ठानको जग्गामा अहिलेसम्म कुनै काम अगाडि बढेको छैन । तत्कालिन अबस्थामा रकम उपलब्ध नहुदा देश बहुदलिय अबस्था हुँदै गणतन्त्रात्मक अबस्थामा आइपुग्दा पनि उक्त जग्गामा भौतिक संरचनाका कुनै काम अघि बढ्न नसकेको हो ।

यति बेला स्थानियले राष्ट्रपती बिद्यादेवी भण्डारीसंग समेत सहयोगको आस गरेका छन । एमालेका तत्कालिन महासचिब मदन भण्डारीकि धर्म पत्नी देशकै उच्च ओहदामा आशिन भएकै बखत यहाँ मदनको स्मृतिमा भौतिक पुर्बाधारको काम अघि बढ्नेमा स्थानियको आस छ।"राष्ट्रपतीले यहाँ  रकम बिनियोजन गर्न पहल गर्दी दिए हुन्थ्यो"स्थानिय पप्पु बिकले भने,'हामी भवन बनाउने थियौँ " बर्षौ बित्यो जग्गा अलपत्र छ ।"


राष्ट्रपतीले मदन- आश्रीतको संझनाका लागि पनि यो जग्गा प्रयोगमा ल्याउन पहल गर्नुपर्ने बिकको भनाइ छ । २०७०को संविधान सभाको निर्बाचनबाट एमालेका केन्द्रीय उपाअद्यक्ष बामदेव गौतम सहित ३ जनाले  संसदमा प्रतिनिधित्व जनाउँदा समेत यहाँ कुनै काम अघि नबढेकोमा स्थानियको गहिरो दुखेसो छ ।

बाङ्गेसालमा २३ वर्षदेखि बेवारिसे अवस्थामा रहेको जग्गालाई स्थानीय सुकुम्बासीले पर्यटकियस्थलका रुपमा बिकास गर्नुपर्ने माग गरेका छन् । तत्कालीन समयमा जिल्लाबाट राष्ट्रिय सभा सदस्य वीरबहादुर सिंहको पहलमा संसद् विकास कोषबाट रकम निकासा गरी तारबार र सिमेन्टको खम्बा गाड्ने काम भए पनि अहिले सबै जीर्ण अवस्थामा पुगेको छ ।

“हालसम्म संरचना नबन्दा जग्गामा गरिएको तारबार चुँडाएर स्थानीयवासीले गाईबाख्रा चराउन थालेका छन् ।” सुकुम्बासी अगुवा इस्माइल मियाँले भने–“यसलाई या त सार्वजनिक हितका लागि प्रयोग गर्नुपर्छ ।” सो जग्गामा प्रतीक्षालय, बस पार्क र सभागृह बनाउने दीर्घकालीन योजना थियो ।

यहाँको दीर्घकालीन योजनाको कार्यान्वयन र भौतिक पूर्वाधार विकासका लागि जिल्लास्तरबाट सरोकारवालाले पहल गर्नुपर्ने सुकुम्बासी अगुवा मियाँले बताए । घनाबस्तीको केन्द्रबिन्दुमा जग्गा भएकाले पनि स्थानियका लागि घुमघाम गर्ने उपयुक्त थलो बनने उनको भनाइ छ ।

बिस २०५२ सालमा सुकुम्बासी आयोगले मुलुकभरका भुमिहिनलाइ प्रतिपरिवार ५ रोपनिका दरले जग्गा उपलब्ध गराएको थियो।बितरण गरेर बाँकी रहेको जग्गा मध्ये अहिल पनि यहाँ ५० रोपनी भन्दा बढी जग्गा अलपत्र छ।सुकुम्बासी आयोगबाट जग्गा पाएपछी समबन्धित मोहि भोगचलन गर्न न आउदा उक्त जग्गा अलपत्र परेको हो।दुई दशक अघि स्वर्गीय हरि बहादुर केसि अद्यक्ष रहेको सुकुम्बासी समस्या सामाधान आयोगले जिल्लाको बाङ्गेसाल र बर्जिबाङ स्थित चाल्नेटारमा गरि झन्डै २ सय ७५ भुमिहिनलाइ जग्गा उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान