१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा स्थानीय तहको निर्वाचनका लागि २५१ मतदान केन्द्र निर्धारण

१२ चैत्र २०७३, शनिबार ०७:२८

चैत १२, नुवाकोट । स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा २५१ मतदान केन्द्र र १२८ मतदान स्थल प्रस्ताव गरिएको छ । 

जिल्लास्थित मतदान केन्द्र र स्थल सिफारिस समितिको बैठकले जिल्लामा उक्त परिमाणको मतदान स्थल र मतदान केन्द्र प्रस्ताव गरी स्वीकृतका लागी निर्वाचन आयोगमा पठाएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनुभयो । 

यसअघिको दोश्रो संबिधानसभाको निर्वाचनमा जिल्लामा ११५ मतदान स्थल र २३० मतदान केन्द्र रहेको थियो । 

बैशाख ३१ गते हुने भनिएको स्थानीयतहको निर्वाचनका लागि जिल्लामा १ लाख ८९ हजार ५ सय ९० जना मतदाता रहेका छन् । दोश्रो संबिधानसभाको निर्वाचनमा जिल्लामा १ लाख ५४ हजार ९ सय ९० जना रहेकोमा तीन वर्षको अवधिमा ३४ हजार ६ सय नयाँ मतदाता थप भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का