२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा स्थानीय तहको निर्वाचनका लागि २५१ मतदान केन्द्र निर्धारण

२०७३, १२ चैत्र शनिबार ०७:२८

चैत १२, नुवाकोट । स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा २५१ मतदान केन्द्र र १२८ मतदान स्थल प्रस्ताव गरिएको छ । 

जिल्लास्थित मतदान केन्द्र र स्थल सिफारिस समितिको बैठकले जिल्लामा उक्त परिमाणको मतदान स्थल र मतदान केन्द्र प्रस्ताव गरी स्वीकृतका लागी निर्वाचन आयोगमा पठाएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनुभयो । 

यसअघिको दोश्रो संबिधानसभाको निर्वाचनमा जिल्लामा ११५ मतदान स्थल र २३० मतदान केन्द्र रहेको थियो । 

बैशाख ३१ गते हुने भनिएको स्थानीयतहको निर्वाचनका लागि जिल्लामा १ लाख ८९ हजार ५ सय ९० जना मतदाता रहेका छन् । दोश्रो संबिधानसभाको निर्वाचनमा जिल्लामा १ लाख ५४ हजार ९ सय ९० जना रहेकोमा तीन वर्षको अवधिमा ३४ हजार ६ सय नयाँ मतदाता थप भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा