चैत १६, रामेछाप । स्वर्गीय नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको १३ औँ पुन्यतिथिकाे अवसरमा रामेछापमा श्रद्धाञ्जली सभाकाे अायाेजना गरिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १६, रामेछाप । स्वर्गीय नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको १३ औँ पुन्यतिथिकाे अवसरमा रामेछापमा श्रद्धाञ्जली सभाकाे अायाेजना गरिएको छ । "/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काङ्ग्रेस नेता ढुङ्गेलकाे शाेक सभामा सहभागी नेता कार्यकर्ता सबै भक्कानिए

१६ चैत्र २०७३, बुधबार १०:४७


चैत १६, रामेछाप ।
स्वर्गीय नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको १३ औँ पुन्यतिथिकाे अवसरमा रामेछापमा श्रद्धाञ्जली सभाकाे अायाेजना गरिएको छ ।

ढुङेलकाे जन्मस्थान पकरबासमा नेपाली काङ्ग्रेस रामेछापले मंगलबार शाेक सभाकाे अायाेजना गरेकाे हाे । साे सभामा उपस्थित नेता कार्यकर्ताले ढुङ्गेलकाे जीवन शैली र नेपाली राजनीतिक अान्दाेलमा उहाँले पुर्याएकाे याेगदानलाई सम्झदै भक्कानिए थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै काङ्ग्रेस नेता एवम् पूर्व जलश्रोत राज्यमन्त्री लक्ष्मणप्रसाद घिमिरले प्रजातन्त्रको संस्थागत विकास र नेपाली समाजको आमूल परिवर्तनका लागि स्वर्गीय ढुङ्गेलले महत्त्वपूर्ण भुमिका खेलेकाे स्मरण गराउनुभयाे ।


उहाँले भन्नुभयाे – "रामेछापमा काँग्रेस नेता तथा कार्यकर्ता एक ढिक्का भएर स्थानीय निर्वाचनमा विजय प्राप्त गर्नुपर्छ तबमात्र स्वर्गीय ढुङ्गेलप्रति सच्चा श्रदाञ्जली हुन्छ । उहाँले देखाएको बाटाेमा हामी हिड्न सक्नुपर्छ ।"
त्यसैगरि नेपाली काँग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्काले ढुङ्गेलको मृत्युले उहाँको परिवारलाई मात्र नभई सिंगो नेपाली काँग्रेलाई समेत अपूरणीय क्षति पुगेको धारणा राख्नुभयाे ।

कार्यक्रमका अन्य बक्ताहरूले शाेकलाई शक्तिमा बदल्दै स्थानिय तहकाे निर्वाचनमा रामेछापका २ नगरपालिका र ६ वटै गाउँपालिकामा नेपाली काङ्ग्रेसलाई जिताउने अा-अाफ्नाे क्षेत्रबाट लाग्नुपर्ने धारणा राखेका छन् ।
२०१२ सालमा रामेछापको पकरवासमा जन्मिनुभएका ढुङ्गेल २०५६ सालमा रामेछापको क्षेत्र नम्बर २ बाट सांसद र २०५८ सालमा गिरीजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा कृषि सहायक मन्त्री समेत बन्नुभएकाे थियाे ।

ढुंगेललाई डिल्लीबजारस्थित आफ्नै कोठामा चैत ३ गते बिहान मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ