६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

चाँगुनारायण नगरपालिका ७ मा काँग्रेस विजयी, यस्तो छ पछिल्लो मत परिणाम

१५ जेष्ठ २०७४, सोमबार ०२:०२

जेठ १५, भक्तपुर । चाँगुनारायण नगरपालिका–७ मा नेपाली काँग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी हुनुभएको छ । 

उहाँले एक हजार ७१ मत प्राप्त गर्नुभयो भने उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी दलित महिला सदस्यमा काँग्रेसकै मनिता नेपाली ९८९, खुल्ला सदस्यतर्फ सहबुद्ध श्रेष्ठ ८९० र रमेश लामा ८८० मत ल्याएर विजयी हुनुभयो । महिला सदस्यमा भने एमालेकी दुर्गा लामिछाने थापाले काँग्रेसकी रामलक्ष्मी लामिछानेलाई चार मतले पराजित गर्नुभयो । दुर्गाले ८९० मत प्राप्त गर्नुभयो भने रामलक्ष्मीले ८८४ मत प्राप्त गर्नुभयो । 

यसैबीच चाँगुनारायणमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । चाँगुनारायणको वडा नं ७ सम्मको मतगणना सकिँदा प्रमुखमा एमालेका सोम मिश्रले २३३ मतले अग्रता लिनुभएको छ । मिश्रले छ हजार ७२ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका राजाराम खड्काले पाँच हजार ८३९ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी राप्रपाका रवीन्द्र प्रताप शाहले तीन हजार ५९० र नेमकिपाका न्हुछेभक्त फोजू ले तीन हजार २१४ मत प्राप्त गर्नुभएको छ । 

उपप्रमुखमा एमालेकी विना बास्तोलाले छ हजार ४५३ मतका साथ अग्रता लिइरहनुभएको छ भने काँग्रेसकी राधा (सरु) बाँनियाले छ हजार ३०२ मतका साथ पछ्याइरहनुभएको छ । 

त्यस्तै राप्रपाकी युवती कार्कीले तीन हजार ८२३ र नेपकिपाकी गीता काफ्लेले दुई हजार ६९५ मत प्राप्त गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता