२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

विदेशमा मृत्यु भएको युवाको परिवारलाई ९० लाख आर्थिक सहयोग

२०७४, १८ जेष्ठ बिहीबार १०:४६


मो इमरान खान/जेठ १८, भैरहवा । वैदशिक रोजगारीका लागि कतार गएका एक युवकको दुर्घटनामा मृत्यु भएपछि मृतक परिवारले जीवन विमा वापतको रकम प्राप्त गरेका छन । 

कतारमा रहेको नेपाली दुतावासको सहयोगमा मृतक परिवारले जीवन विमा वापतको ९० लाख १७ हजार ५ सय १२ रुपैयाँ रकम प्राप्त गरेका हुन । मृतक परिवारले पाएको रकम युवा कार्यरत कम्पनीले जीवन बीमा बापतको रकम उपलब्ध गराएको हो । 

बुधवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले उक्त बराबर रकमको चेक युवाको श्रीमती नन्दनी मालीलाई हस्तान्तरण गरेका छन । चेक हसान्तरण गर्दै मालीले प्राप्त रकम आवश्यक कार्यमा खर्च गर्ने बताइन । 

२०६९ सालमा हेल्परको (विल्डीङ्ग कन्सट्रक्सन) भिसामा रुपन्देहीको साविक मानमटेरिया ५ का २३ वर्षीय नन्दकुमार माली कतार गएका थिए । विवाह गरेर कतार पुगेको दुई वर्षमा काम गर्ने क्रममा उनको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल