२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

स्टार प्रालि महेन्द्रनगरका म्यानेजरद्वारा छात्रामाथि यौन दुर्व्यवहार

२०७४, २५ जेष्ठ बिहीबार १०:३०

जेठ २५, कञ्चनपुर । स्टार स्कुल अफ ट्रेनिङ्ग एण्ड रिसर्च प्रा लि महेन्द्रनगर शाखाका म्यानेजर राज धामी यौन दुव्र्यवहारको लफडामा परेका छन् । 

उनीमाथी आफ्नै एक छात्रा विद्यार्थीलाई जबरजस्तीकरणी गर्न खोजेको आरोप लगाईएको छ । जेठ २० गते पिकनिक खान टीकापुर पार्क गएर महेन्द्रनगर फर्किने क्र्ममा म्यानेजर धामीले स्टार प्रालिमा ब्रिज कोर्ष गरिरहेकी एक छात्रामाथी यौन दुव्र्यवहार गरेको गम्भिर आरोप लगाएको हो ।

बसमा यात्रागरी पिकनिक जाने बेला पटक–पटक उल्टी आई समस्या भएकोले साथीभाई र सबैले  म्यानेजर धामीको मोटरसाईकलमा जान सल्लाह दिएका थिए । ‘बसमा चढ्दा मलाई बमिट हुने भएकाले म म्यानेजर सरको गाडीमा आएकि हुँ, ‘पीडित छात्राले भनिन्, ‘सरसंग आउँदा सुविधा होला भन्दा त यहाँ उल्टै इज्जतै लुट्यो ।’ टीकापुरबाट गोडाघोडीसम्म आउँदा सरले केही नगरेको र राती पर्दा सम्वेदनशील अंगमा छोएर यस्तो मौका मलाई कहिले नआउने भन्दै यौन दुव्र्यवहार गरेको छात्राले बताईन् । 

‘सरले मेरो सम्वेदनशील अंगमा छुदै, जबरजस्ती किस ग¥यो, ‘उनले भनिन्, ‘सर यस्तो नगर्नुस तपाई त म्यानेजर मान्छे हो, भन्दा सरले म्यानेजर त म स्टारको हुँ भन्नुभयो ।’ शारिरीक सम्बन्ध राख्न खोज्दा आफुले इन्कार गरेको समेत ति छात्राले बताइन । नर्सिङ्गको ब्रिजकोर्ष गरिरहेकी ति छात्राले आफुलाई घटनाबारे बाहिर नभन्न समेत चेतावनी दिएका थिए । 

माफुमाथी सरले गरिरहेको दुव्र्यवहार साथीलाई फोन मार्फत म्यासेज गरेको समेत उनले बताईन् । घटना घटेपछि म्यानेजर धामीलाई कक्षामा बोलाएर विद्यार्थीसामु माफि माग्न लगाएका थिए । विद्यार्थीसामु माफिमागेपछि घटना छात्राको घरपरिवारसम्म पुगेको हो । घरपरिवारले थाहापाएपछि बिहीबार परिवार सहित आफन्तले स्टारप्राली घेरेका थिए । 

पीडितकी आमाले आफ्नो सन्तानमाथी भएको घटना असैय भएको भन्दै दोषीलाई कार्बाही गर्न माग गरेकी छिन् । ‘छोरीलाई पढाउन पठाउँदा शिक्षक कर्मचारीबाटै यस्तो घटना भयो, ‘उनले भनिन्, ‘घटनाका सबै दोषीलाई कार्बाही गर्नुपर्छ ।’ घटना मिलाउन आर्थिक प्रलोभन देखाईएको भन्दै पीडितकी आमाले दोसीलाई नछाड्ने चेतावनी दिएकी छिन् । बर्दिया लैजाने भन्दै प्रति विद्यार्थी रु ४ सय संकलन गरेर टीकापुर लगेको विद्यार्थीको गुनासो छ । 

आफुहरु ठगिएको उनीहरुको भनाई छ । स्टारप्रालि महेन्द्रनगरका शाखा म्यानेजर राज धामीले भने छात्रालाई कुनै पनि प्रकारका दुव्र्यवहार नगरेको बताएका छन् । ‘मैले मेरो भाई बहिनीलाई मोटरसाईकलबाट उतारेर उनको स्वास्थ्यको समस्या बुझेर सहयोग गर्न खोजेको हुँ, ‘उनले भने, ‘उनीमाथी यौन दुव्र्यवहार गरेको छैन् ।’ सबै विद्यार्थी शिक्षकको आग्रहमा उनलाई मोटरसाईकलमा बसालेर ल्याएको र राती पढ्दा स्प्रीट चलाउन खोज्दा मैले राम्ररी बस्न आग्रह गरेको उनको भनाई छ । उनलाई सकुशल ल्याएर मदनचोकबाट दाईलाई बुझाएर कोठा गएको धामीको भनाई छ । 

विद्यार्थी संगठनका नेताहरुको सहयोगमा विद्यार्थी पीडित पक्षले स्टारप्रालीमा तालाबन्दी समेत गरेका छन् । नेवि संघका नेता प्रकास थापा, अखिल क्रान्तिकारीका नेता तीलक मालको उपस्थितीमा दोसीलाई कार्बाही र पीडितलाई न्याय नपाउँन्जेलसम्मका लागि प्रालिमा तालाबन्दी गरिएको छ । 

बिहीबार १० बजेतिर ताला बन्दी भएपछि पछिका कक्षा पढ्न आएका विद्यार्थी मारमा परेका छन् । शुल्क तिरेर ब्रिजकोर्ष गरिरहेका विद्यार्थी म्यानेजरका कारण पढाईबाट बञ्चित भएका छन् । शैक्षिक क्षेत्रमा कमाउने धन्दा बनाउदै छात्रामाथी अनैतिक कृयाकलाप गर्ने जो कोहीलाई पछि छुट दिन नहुने कञ्चनपुरका विद्यार्थी संगठनले माग गरेका छन् । 

नेवि संघका प्रकास थापा, अखिल क्रान्तिकारीका अध्यक्ष बिरेन्द्र विष्ट, उपाध्यक्ष कैलाशचन्द्र गिरी, नेता प्रेम रावल, तिलक माल लगायतका नेताहरुले दोसीलाई कानुनी कार्बाही नगरेर कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक टक्कर स्वाँरले कार्बाहीको लागि धामीलाई जिल्ला प्रहरी कार्यालय चलान गरेको बताए । कञ्चनपुर प्रहरीले घटनाको छानबिन भईरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल