प्रभात सुवेदी । जेठ २७, बर्दिया ।

पछिल्लो आँकडा अनुसार नसर्ने रोगहरुले सरुवा रोगको तुलनामा ६० प्रतिशतको ज्यान लिन थालेपछि दैनिक जिवन शैलीमा परिवर्तन ल्याउनुपर्नेमा विज्ञहरुको सुझाब छ । यसका लागि मदिरापान नगर्ने, शारीरिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ २७, बर्दिया ।

पछिल्लो आँकडा अनुसार नसर्ने रोगहरुले सरुवा रोगको तुलनामा ६० प्रतिशतको ज्यान लिन थालेपछि दैनिक जिवन शैलीमा परिवर्तन ल्याउनुपर्नेमा विज्ञहरुको सुझाब छ । यसका लागि मदिरापान नगर्ने, शारीरिक "/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सावधान ! सरुवा भन्दा नसर्ने रोग झन् खतरनाक

२०७४, २७ जेष्ठ शनिबार १६:४७

प्रभात सुवेदी । जेठ २७, बर्दिया ।

पछिल्लो आँकडा अनुसार नसर्ने रोगहरुले सरुवा रोगको तुलनामा ६० प्रतिशतको ज्यान लिन थालेपछि दैनिक जिवन शैलीमा परिवर्तन ल्याउनुपर्नेमा विज्ञहरुको सुझाब छ । यसका लागि मदिरापान नगर्ने, शारीरिक रुपमा सक्रिय रहने, नुन र चिनीको प्रयोग कम गर्ने, सुर्तिजन्य पदार्थको सेवन नगर्ने र फलफूल र सागसब्जी प्रसस्त खानुपर्नेमा जाेड दिइएको छ । 


स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुको सहयोग, सञ्चार विकास तथा अनुसन्धान केन्द्र काठमाडौंको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा आज कार्यालयको सभाहलमा आयोजित नसर्ने रोग सम्बन्धी पत्रकार अन्तक्र्रिया कार्यक्रममा यस्तो सुझाब दिइएको हो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सुनिल पाण्डेले राज्यले नसर्ने रोगको उपचारका सन्दर्भमा गरेका उपचारको व्यवस्था र यसको प्रकृयाका बारेमा जानकारी गराउनुभएको थियो भने बर्दिया जिल्ला अस्पतालकी चिकित्सक विन्दु पाण्डेले नसर्ने रोग, यसका कारण तथा सावधानीका उपायहरुका सन्दर्भमा चर्चा गर्नुहुँदै जीवनशैलीलाई परिवर्तन गर्न सकेमा नसर्ने रोगको संक्रमणबाट टाढै रहन सकिने बताउनुभयो । यसका लागि सञ्चार क्षेत्रबाट सत्यतथ्य सूचनाहरुको सम्पे्रषण गरी जागरण ल्याउन सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका रहने कुरा बताउनुभयो । नसर्ने रोगबाट बच्नका लागि जीवनशैलीमा परिवर्तन, मोटोपना घटाउने, नियमित शारीरिक व्यायम गर्ने तथा चिल्लो पदार्थको आवश्यक मात्रामा प्रयोगका साथै मदिरा तथा सुर्तीजन्य पदार्थहरुको सेवन नगर्नाले नसर्ने रोगको जोखिमलाई हटाउन सकिने कुरा औंल्याउनुभयो । यसका लागि नियमित रुपमा रक्तचाप परीक्षण गर्नुका साथै पूरा शरीरको जाँच गराउनुपर्ने जानकारी गराउनुभयो । 


सञ्चार विकास तथा अनुसन्धान केन्द्र काठमाडौका पदमराज जोशीले पत्रकारिताका माध्यमबाट जनमानसमा नराम्रो वानी व्यवहार त्याग्न, तनावमुक्त रहन, रक्तचाप नियन्त्रणमा राख्नका लागि सजग रहन र यस सम्बन्धी सचेतना जगाइराख्न सक्नुपर्ने कुरा बताउनुहुँदै स्वास्थ्य सम्बन्धी समाचारहरुलाई शिक्षामूलक रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । साथै रक्तनलीको राेग, रक्तचाप, काेलेस्टोरोल स्तर, मस्तिष्क पक्षघात, मधुमेह, क्यान्सर तथा दीर्घ राेगहरुबाट बच्न अपनाउनु् पर्ने सजगताका बारेमा सञ्चार जगतबाट अाम नागरिकहरुमा सन्देश पुर्याउनु पर्नेमा जाेड दिनुभएकाे थियो । 

कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला जनस्वास्थ्य कार्यालयका कृष्णलाल चौधरीले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल