२०६६ सालदेखि झिमरुक गाउँपालिका–४ बांगेमरोठ प्यूठानका केशर रोकाको पत्रकारीता शुरुवात भएको हो । गाउँका समाचार रेडियोमा पठाएर उहाँले आफ्नो पत्रकारीताको थालनी गर्नुभयो । तत्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०६६ सालदेखि झिमरुक गाउँपालिका–४ बांगेमरोठ प्यूठानका केशर रोकाको पत्रकारीता शुरुवात भएको हो । गाउँका समाचार रेडियोमा पठाएर उहाँले आफ्नो पत्रकारीताको थालनी गर्नुभयो । तत्क"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानी युवा पत्रकार भन्छन्- ‘पत्रकारितामा अवसर र चुनौती उतिकै छन्’

२८ असार २०७४, बुधबार १५:१६


२०६६ सालदेखि झिमरुक गाउँपालिका–४ बांगेमरोठ प्यूठानका केशर रोकाको पत्रकारीता शुरुवात भएको हो । गाउँका समाचार रेडियोमा पठाएर उहाँले आफ्नो पत्रकारीताको थालनी गर्नुभयो । तत्कालिन समयमा सदरमुकाम खलंगामा रहेको सामुदायिक रेडियो प्यूठानमा उहाँ आवद्ध हुनुहुन्थ्यो । विस्तारै रेडियो पत्रकारीताबाट उहाँ छापा माध्यममा प्रवेश गर्नुभयो । 

खलंगाबाट प्रकाशित हुने प्यूठान समाचार दैनिकबाट छापामाध्यममा प्रवेश गर्नुभएका रोका ‘हकर’ हुँदै ‘छापा पत्रकारीतामा’ लाग्नुभएको हो । मोफसलबाट मूलधारको पत्रकारीतामा क्रियाशिल रोकाले विशेषत: आर्थिक क्षेत्रमा कलम चलाउन रुचि राख्नुहुन्छ । करिव ५ वर्षजति आर्थिक अभियान दैनिकमा प्यूठानबाट रिर्पोटिङ गरेको उहाँसँग अनुभव छ । हाल अन्नपूर्ण पोष्ट दैनिक र बुटवल टुडे दैनिकको प्यूठान संवाददाताको रुपमा कार्यरत रोकासँग गरिएको कुराकानी:

१) कसरी चलीरहेको छ यहाको पत्रकारीता ?

पत्रकारको कामै समाचार लेख्ने । विहानदेखि रातीसम्म समाचारको चिन्ता गर्दामै वित्छ । समाचार संकलनदेखि पत्रिकामा प्रकाशित नहुँदासम्म चिन्ता भइरहने  । आज काम गरेर सकियो भनेर कहिल्यै फूर्सदको अनूभुति गर्न नसकिने हाम्रो पेशा । काम गरेर सकिँदा वित्तिकै फेरी काम शुरु भइहाल्छ ।

मुलधारको पत्रकारीतामा मोफसलमा रहेर काम गर्दा अझ बढी कठिनाई भोग्नुपर्ने पीडा छ । स्थलगत रुपमा नपुग्दासम्म समाचारको विश्वसनियतामै शंका लाग्ने हुन्छ । ग्रामीण क्षेत्रका अधिकांश गाउँमा सडकको कठिनाइका कारण स्थलगत रुपमा पुग्न समस्या छ । धेरै चुनौतीलाई सामना गरेर अघि बढ्नुपर्ने बाध्यता मोफसलका पत्रकारलाई छ । 

२) यो पेशामा किन आउनु भो र यहि पेशाकै भरमा जिविकोपार्जन गर्न सकिन्छ भन्ने लाग्छ त ?

विशेषत: मेरो पत्रकारीता विषयको अध्ययन होइन । व्यवहारीक अभ्यास गरेरै म पत्रकारीता पेशामा लागेको हुँ । गाउँघरका घटनाहरुलाई समाचारको रुपमा रेडियोमा पठाएर मेरो पत्रकारीताको अभ्यास शुरु भएको हो । गाउँका खवरहरु रेडियोमा पठाउने प्रतिनिधी नहुँदा म यस पेशामा आवद्ध हुन पुगेको हुँ ।


पठाएका समाचार साँझ रेडियोमा आफ्नो नामसहित प्रशारण गरिदिँदा थप उत्साहित हुन्थे । विस्तारै विस्तारै यसै गरी म गाउँका खवरहरु टिपाउनमै व्यस्त हुन थाले । मैले मेरो परिचय खोज्नु भन्दा पनि समाजले मलाई ‘पत्रकार’को परिचय बनाइदियो । यसले गर्दा पनि मेरो यही क्षेत्रमा अनुभव बढ्दै जानथाल्यो । फलस्वरुप म यो पेशाबाट टाढा हुन सकिन् । जसले गर्दा मैले पत्रकारीता क्षेत्रलाई नै व्यवसायीक रुप दिँदै अघि बढिरहेको छुँ । मलाई लाग्छ पत्रकारीता गरेरै भएपनि जिविकोपार्जन गर्न सकिने प्रशस्त संभावना छन् ।

आजभोलीको यूग प्रतिस्पर्धाको युग हो । नेलेखेर पत्रकार बन्न सकिन्न । पठनीय समाचार लेखेमा मात्र पाठक, दर्शक र स्रोताले मन पराउने हुन् । मानवीय अभिरुचिका समाचारले मात्र पाठकहरुको संख्यामा बृद्धि गर्ने गर्छ । आफूलाई सक्षम पत्रकारको रुपमा विकास गर्न सकेमा मात्र यसै पेशाबाट जिविकोपार्जन गर्न सकिन्छ भन्ने लाग्छ ।

३) धेरै चुनौतीका बिचमा काम गर्नुपर्ने हुन्छ । पत्रकारीता शुरु गरेदेखी हालसम्मका घटनामध्ये सम्झन लायक केहि कुराहरु छन कि ?

पत्रकारीता पेशा नै चुनौतीको पेशा हो । सवैभन्दा संवेदनशिलताको पेशाको रुपमा पनि यसलाई हेरिने गरिएको छ । गाउँघरबाटदेखि नै मैले धेरै चुनौती सामना गरेर अघि बढ्नुपर्ने बाध्यता थियो । ६ वर्षअघि छिमेकी जिल्ला अर्घाखाँचीको रतनमारेमा बस दुर्घटनाको खवर सुँने ।

खवर सुनेपछि मलाई म कार्यरत रेडियोले खवर गरेपछि घटनास्थलमा पुग्नुपर्ने बाध्यता भयो । पढेर कलेजबाट घरमा नपुग्दै घटनास्थलमा झण्डै ३ घण्टाको पैदलयात्रा गरेर जानुपर्ने भयो । रातको ९ बजेमात्र समाचार संकलन गरेर म घरमा फर्केको थिए । ‘भोकैपेट’ हिँडेर समाचार संकलन गर्न जाँदाको क्षण मलाई अझैपनि सम्झनालायक छ ।

हिजोआज छापा माध्यममा कार्यरत पत्रकारलाई धेरै चुनौती छ जस्तो मलाई लाग्छ । घटनाका लागि पत्रकार फिल्डमा नपुग्दै विभिन्न सामाजिक संजाल र बढ्दो अनलाइनहरुमा छ्याप्छ्याप्ती रुपमा समाचार आइरहेका हुन्छन् । छिनछिनमै अपडेट भइरहने अनलाईनले छापामाध्यमका पाठकहरुको संख्यामा कमी ल्याएको छ । हरेक विषयवस्तुलाई पठनीय बनाउन नसके पत्रकारलाई धेरै चुनौती थपिने देखिएको छ । 

४) जानेर या नजानेर समाचारमा गल्ति गरेको कुनै पल छ कि या कुनै पछुतो ?

कहिल्यकाँही फाटट्फुटट् हुने गल्ती बाहेक त्यस्तो पछुतो हुनेगरी गल्ती गरिएको छैन् । कुनैपनि समाचार लेख्नुभन्दा अघि मैले जहिल्यै पनि दो¥होयाएर पढेर मात्र संचारगृहमा पठाउने गर्छु । यसले गर्दापनि समाचारमा गल्ती अझैसम्म भएको पाइएको छैन् । सकरात्मक समाचार सम्प्रेषणले नै समाज रुपान्तरण गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।

५) तपाइजस्ता युवा पत्रकारहरु यो पेशामा कसरी अगाडी बढ्न सक्छन ?

पत्रकारीता पेशालाई धेरैले ‘सेलेब्रेटी’को रुपमा लिने गर्छन् । झट्ट हेर्द ‘सेलेब्रेटी’जस्तै देखिने भएपनि यसभित्रका शुत्रहरु धेरैले पहिचान गर्न सकेका हुँदैनन् । समाजले पनि पत्रकारहरुबाट धेरै कुराको अपेक्षा राखेको हुन्छ । पत्रकारीता ‘मौसमी पेशा’ नभएकाले जुनसुकै अवस्थामा पनि यसको महत्व र भूमिका एकैखालको हुन्छ । लगनशिलता, कडा परिश्रम, गोपनियता, विषयबस्तुको छनौट र मूलभुत आचारसंहितामा ज्ञान हासिल गरेको यूवाहरुमात्र यस पेशामा टिक्न सक्छन् । धेरै लाभको पेशा नभएकाले समाज रुपान्तरण गर्ने सोँच भएका यूवाहरु अझ बढी यस पेशामा अगाडी बढ्न सक्छन् । 

६) पुरस्कार र सम्मान पाउदा कस्तो लाग्छ ?

पत्रकारीता पेशा गर्दा नै आफूलाई गर्व र सम्मानको अनूभुति हुने गर्छ । अझ त्यसैमाथी विभिन्न निकायले गर्ने पुरस्कार र सम्मानले हौसला बढाउने कुरामा दुईमत रहेन् । पुरस्कार र सम्मानले मात्र पत्रकारहरुको पेशालाई न्याय गर्दैन्जस्तो लाग्छ । पछिल्लो समय पत्रकारीतामा वितरण गरिने पुरस्काहरु अलिबढी ‘हलुका’ बन्दै गएको छ । खास पत्रकारलाई छायाँमा पारेर ‘नामका’ पत्रकारहरुलाई पुरस्कार र सम्मान दिने प्रवृत्तिले यस पेशालाई नै बदनाम बनाउँदै लगेको देखिन्छ । 

७ ) अन्त्यमा:

धेरै कुराहरु माथी नै आइसके । पत्रकारीता जीवनमा क्रियाशिल रहीरहँदा मेरा अनुभव, भोगाइ र सिकाइलाई आम पाठकसामु पस्कने मौका दिनुभएकोले सवल नेपाल साप्ताहिक परिवार र दिपक न्यौपानेप्रति आभारी छुँ । -सबल नेपाल राष्ट्रीय साप्ताहिकबाट साभार 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान