२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मध्यपहाडी लोकमार्ग बिजुले-नुनथला सडकको काम पुनः शुरु, फागुनबाट कालोपत्र हुने

२०७४, २१ मंसिर बिहीबार ११:१८

चिसाङ शेर्पा/मंसिर २१, खोटाङ । कालोपत्रे गर्न सडक स्तरोन्नती गर्दागदै ठेकेदारका कारण ६ महिना थन्केर बसेको मध्यपहाडी लोकमार्ग अन्तरगको बिजुले–नुनथला सडकको काम पुनः शुरु भएको छ । जेठ अन्तिमदेखी बन्द रहेको बिजुले–नुनथला १२ किलोमिटर सडकमा गत शुक्रवारवाट काम शुरु भएको हो ।

कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदार कम्पनी लामा–नागार्जुन जेभी कम्पनीका कन्ट्राक्टर राम पाख्रिनले पटक–पटक प्रशासन र जिल्लाबासीलाई ढाट्दै सडकको कामलाई अलपत्र बनाएर छोडेकोे थियो । लथालिङग छोडेको सडकलाई फागुनबाट पिच गर्ने गरी दु्रत गतीमा काम शुरु भएको हो । 

संयुक्त रुपमा ठेक्का लिएको दुई निर्माण कम्पनी लामा–नार्गाजुन जेभी र लामा–नार्गाजुन त्रिशुलीले आफ्नो प्याकेजमा परेको काम नगर्दा कम्पनीमाथी कानुनी कारवाही हुने तथा लज्जास्पद महशुष भएकाले स्वयंम आफै साईडमा खटेको लामा–नार्गाजुन जेभीका प्रमुख विष्णु फुयलले बताउनुभयो । २ नम्बर प्याकेज सक्छु सके भने ३ नम्बर प्याकेजलाई सहयोग गर्छु । तत्काल काम गर्न निर्देशन गरेको छु । 

दुई नम्बर प्याकेज सडक बिजुले नुनथला कालोपत्रे गर्ने जिम्मा लिएका ठेकेदार पाख्रिनले पाँच महिनाभित्र एकै पैसाको काम नगरी कम्पनीलाई समेत ढाट्दै बसेको थियो । काम हुदैछ भनेर कम्पनीलाई जानकारी गराउँथ्यो तर, काम केही गरेन जसका कारण कम्पनी खतरामा पर्ने भएको छ । फुयलले भने, अब त्यस्तो हुदैन । कुनै पनि हालतमा असार मशान्तसम्म काम सक्नेछु । फागुनवाट कालोपत्रे हुन्छ । 


कम्पनीले पुनः कालोपत्रेका लागि ७ सय ९० बोरा सिमेण्ट, १२ हजार लिटर तेल, १७ टन अलकत्रा, ट्रेलर १ थान, स्काईभटर १ थान गरी २५ लाख वरावरको आवाश्यक सामग्री साईडमा झारेकोे छ । माघ १५ भित्र आवाश्यक स्थानमा सवबेश राख्ने पेल्ने तथा वेशको काम सकेर हेटौडा बर्दिवासबाट चिप्स गिट्टी सप्लाई गरिने कम्पनीले जनाएको छ ।

सवबेश गिट्टीका लागि अर्खौलेस्थित विजुलेमा रहेको क्रसर मेशिनमा गिट्टी बनाउने, फोर्ने काम भईरहेको छ । बुधवारदेखी नाली बनाउने काम समेत शुरु भएको हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेका वडाध्यक्ष ज्ञान बहादुर पुरीले जानकारी दिनुभयो ।

लामा–नार्गाजुन जेभी र लामा नार्गाजुन त्रिशुलीले टेण्डर पारेको २ नम्बर प्याकेज बिजुले–नुनथला ठूलोढुंगा तथा ३ नम्बर प्याकेज नुनथला ठूलोढुंगा–दिक्तेल सडकमा ग्याभिङ वाल, सवबेश लगाउने र गिट्टी थुपार्ने बाहेक केही काम गरेको थिएन ।

यता, ३ नम्बर प्याकेज नुनथला ठूलोढंगा दिक्तेल ११.५ किलोमिटर सडक कहिले बन्ने अझै टुंगो छैन । ठेकेदार जिब छिरीङ लामा कम्पनीसंग अटेर गरेर सम्पर्क भन्दा वाहिर रहेको छ । समाचार संकलनका लागि पत्रकार भन्ने थाहा पाउदा फोन काट्ने र नउठाउने गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीका अनुसार सम्झौता अबधि गुज्रिए पनि ठेकेदार कम्पनी सहमतीमा आएर फेरी काम गर्न थालेका छन् । त्यसका एसियाली बिकास बैंक एडिबिले सहमती जनाएको छ । बाँकी प्याकेजको कामलाई पनि अगाडी बढाउन निर्देशन गर्नेछौ । प्रजिअ अधिकारीले भने ।

ठेकेदार कम्पनीले एडिबिसँग ५२ करोडमा दुई वर्षभित्र कालोपत्रे गर्नेगरी २०७१ साउनको अन्तिम साता सडक स्तरोन्नतिको काम थालेको थियो । अहिलेसम्म हलेसी – विजुले खण्डको काम ५७.१०६ प्रतिशत, बिजुले–हुर्लुङ खण्डको काम ५१.३३ र हुर्लुङ – दिक्तेलको काम ५१.३४५ प्रतिशत मात्र सम्पन्न भएको परामर्शदाता कम्पनी एमएसभी ईन्टरनेसनल एण्ड सोइल टेस्ट जेभीका रेजिडेन्ट ईन्जिनियर सुर्यप्रसाद ढकालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा