१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मध्यपहाडी लोकमार्ग बिजुले-नुनथला सडकको काम पुनः शुरु, फागुनबाट कालोपत्र हुने

२१ मंसिर २०७४, बिहीबार ११:१८

चिसाङ शेर्पा/मंसिर २१, खोटाङ । कालोपत्रे गर्न सडक स्तरोन्नती गर्दागदै ठेकेदारका कारण ६ महिना थन्केर बसेको मध्यपहाडी लोकमार्ग अन्तरगको बिजुले–नुनथला सडकको काम पुनः शुरु भएको छ । जेठ अन्तिमदेखी बन्द रहेको बिजुले–नुनथला १२ किलोमिटर सडकमा गत शुक्रवारवाट काम शुरु भएको हो ।

कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदार कम्पनी लामा–नागार्जुन जेभी कम्पनीका कन्ट्राक्टर राम पाख्रिनले पटक–पटक प्रशासन र जिल्लाबासीलाई ढाट्दै सडकको कामलाई अलपत्र बनाएर छोडेकोे थियो । लथालिङग छोडेको सडकलाई फागुनबाट पिच गर्ने गरी दु्रत गतीमा काम शुरु भएको हो । 

संयुक्त रुपमा ठेक्का लिएको दुई निर्माण कम्पनी लामा–नार्गाजुन जेभी र लामा–नार्गाजुन त्रिशुलीले आफ्नो प्याकेजमा परेको काम नगर्दा कम्पनीमाथी कानुनी कारवाही हुने तथा लज्जास्पद महशुष भएकाले स्वयंम आफै साईडमा खटेको लामा–नार्गाजुन जेभीका प्रमुख विष्णु फुयलले बताउनुभयो । २ नम्बर प्याकेज सक्छु सके भने ३ नम्बर प्याकेजलाई सहयोग गर्छु । तत्काल काम गर्न निर्देशन गरेको छु । 

दुई नम्बर प्याकेज सडक बिजुले नुनथला कालोपत्रे गर्ने जिम्मा लिएका ठेकेदार पाख्रिनले पाँच महिनाभित्र एकै पैसाको काम नगरी कम्पनीलाई समेत ढाट्दै बसेको थियो । काम हुदैछ भनेर कम्पनीलाई जानकारी गराउँथ्यो तर, काम केही गरेन जसका कारण कम्पनी खतरामा पर्ने भएको छ । फुयलले भने, अब त्यस्तो हुदैन । कुनै पनि हालतमा असार मशान्तसम्म काम सक्नेछु । फागुनवाट कालोपत्रे हुन्छ । 


कम्पनीले पुनः कालोपत्रेका लागि ७ सय ९० बोरा सिमेण्ट, १२ हजार लिटर तेल, १७ टन अलकत्रा, ट्रेलर १ थान, स्काईभटर १ थान गरी २५ लाख वरावरको आवाश्यक सामग्री साईडमा झारेकोे छ । माघ १५ भित्र आवाश्यक स्थानमा सवबेश राख्ने पेल्ने तथा वेशको काम सकेर हेटौडा बर्दिवासबाट चिप्स गिट्टी सप्लाई गरिने कम्पनीले जनाएको छ ।

सवबेश गिट्टीका लागि अर्खौलेस्थित विजुलेमा रहेको क्रसर मेशिनमा गिट्टी बनाउने, फोर्ने काम भईरहेको छ । बुधवारदेखी नाली बनाउने काम समेत शुरु भएको हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेका वडाध्यक्ष ज्ञान बहादुर पुरीले जानकारी दिनुभयो ।

लामा–नार्गाजुन जेभी र लामा नार्गाजुन त्रिशुलीले टेण्डर पारेको २ नम्बर प्याकेज बिजुले–नुनथला ठूलोढुंगा तथा ३ नम्बर प्याकेज नुनथला ठूलोढुंगा–दिक्तेल सडकमा ग्याभिङ वाल, सवबेश लगाउने र गिट्टी थुपार्ने बाहेक केही काम गरेको थिएन ।

यता, ३ नम्बर प्याकेज नुनथला ठूलोढंगा दिक्तेल ११.५ किलोमिटर सडक कहिले बन्ने अझै टुंगो छैन । ठेकेदार जिब छिरीङ लामा कम्पनीसंग अटेर गरेर सम्पर्क भन्दा वाहिर रहेको छ । समाचार संकलनका लागि पत्रकार भन्ने थाहा पाउदा फोन काट्ने र नउठाउने गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीका अनुसार सम्झौता अबधि गुज्रिए पनि ठेकेदार कम्पनी सहमतीमा आएर फेरी काम गर्न थालेका छन् । त्यसका एसियाली बिकास बैंक एडिबिले सहमती जनाएको छ । बाँकी प्याकेजको कामलाई पनि अगाडी बढाउन निर्देशन गर्नेछौ । प्रजिअ अधिकारीले भने ।

ठेकेदार कम्पनीले एडिबिसँग ५२ करोडमा दुई वर्षभित्र कालोपत्रे गर्नेगरी २०७१ साउनको अन्तिम साता सडक स्तरोन्नतिको काम थालेको थियो । अहिलेसम्म हलेसी – विजुले खण्डको काम ५७.१०६ प्रतिशत, बिजुले–हुर्लुङ खण्डको काम ५१.३३ र हुर्लुङ – दिक्तेलको काम ५१.३४५ प्रतिशत मात्र सम्पन्न भएको परामर्शदाता कम्पनी एमएसभी ईन्टरनेसनल एण्ड सोइल टेस्ट जेभीका रेजिडेन्ट ईन्जिनियर सुर्यप्रसाद ढकालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु