२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बिवादित अस्पतालको लिलामी उपकरण प्रशासनले लिलाम सकार्नेलाई बुझायो (लिष्टसहित)

८ पुष २०७४, शनिबार १४:११

चिसाङ शेर्पा/पुस ८, खोटाङ । लामो समययता विवादित जिल्ला अस्पताल खोटाङको लिलामी उपकरण सामग्रीहरु स्थानिय प्रशासनले लिलाम सकार्ने ब्यक्तीलाइ जिम्मा दिएको छ । 

जिल्लामा सर्वत्र बिरोध भएपछि प्रशासन आफैले शिलबन्दी गरेको सामान स्वास्थ्य सेवाका प्राविधिक, प्रशासनिक प्रक्रिया र लिलामी प्रक्रियामा अनिमितता नभएको प्रतिबेदनपछी लिलाम सकार्ने सम्बन्धित पक्षलाई बुझाएको हो ।

२०७२ साल चैत्र १२ गते अस्पतालको महत्वपुर्ण उपकरणहरु जिल्लाकै निजि स्वास्थ्य संस्थामा कौडीको दाममा बिक्री भएको खुलासापछी २०७३ असोज १२ गते प्रशासनले उपकरण राखेकै घरमा शिलबन्दी गरेको थियो । 

जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० गरी ११२ प्रकारका लिलाम बिक्री भएका उपकरणहरुमा कुनै त्रृटि नभएको भन्दै प्रशासनले लिलाम सकार्ने रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल १ का बिनोद दाहाललाई जिम्मा लगाएको हो । जिम्मा लगाएसंगै अस्पतालकोे सामाग्री ब्यक्तीगत रुपमा दाहालको भएको छ । 

रोजगारीको शिलसिलामा दक्षिण कोरियामा रहेका खोटाङेहरुले दिएको एक्स–रे, भिडियो एक्स–रे, जेनेरेटर, एनेस्थेसिया ट्रली, बेड लगायतका उपकरण तथा सामान २६ हजार ५ सयमा लिलाम बिक्री भएको सामग्री प्रशासनले एक वर्ष ३ महिनापछी अनिमितता नदेखिएको प्रमाणित ठर्हर्दै शुक्रबार जिम्मा दिएको हो । रुपाकोेट मझुवागढी नरपालिका ३ बाम्राङमा राजन केसी, सोही नगरपालिका २ सोल्मास्थित अल्छेढुंगामा जगत बहादुर खत्री र दिक्तेल एक आचार्यटोलमा अवस्थित दाहालको घरमा रहेको जिल्ला अस्पतालका उपकरणहरु प्रशासनले ताला खोलेर दाहाललाई बुझाएको हो ।

ठूलो विवादमा मुछिएको सार्वजनिक सम्पत्तीलाई स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम लामीछानेको संयोजकत्वमा छानबीन समिति बनेको थियो । उपसचिव लामीछाने, लेखा अधिकृत सिताराम दुलाल र बायोमेडिकल इन्जिनियर पंकजकुमार झा लगायतको टोली जिल्ला अस्पताल दिक्तेलमा आएर गतबर्षको कार्तिक ४ गतेदेखि छानबीनका काम थालेको टोलीको प्रतिबेदनले लिलाम प्रक्रियामा अनियमितता नदेखाएको जिल्ला अस्पतालका डा. राम बहादुर केसीलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले बताउनुभयो ।

प्रशासनको प्रक्रिया हेर्ने कुरा हुन्छ । प्रक्रियामा कुनै पनि त्रृटी देखिएन, ब्यक्तीको घरमा लामो समयसम्म राखिरहंदा भाडा नपाएको हुनाले प्रशासनले निकास दिनुपर्ने भएकाले उपकरण सार्वजनिक रुपमा जिम्मा दिइएको हो प्रजिअ अधिकारीले जानकारी दिए । उनले भने ‘स्वास्थ्य सेवा विभागकै कर्मचारीले दिएको प्रतिबेदन अनुसार राखिराख्न उपर्युतm नभएपछी हामीले लिलाम सकार्नेलाई उपकरण दिएका हौ ।’ 

खोटाङका लागि सिडियो चन्द्र बहादुर कार्की, प्रल्हाद पोखरेलको कार्यकालबाट बिबादित बन्दै आएको उक्त समस्या हालका प्रजिअ अधिकारीको कार्यकालमा आईपग्दा लिलामी प्रक्रियामा अनियमितता नभएको कुराले स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम लामीछानेको संयोजकत्वको टोलीले गरेको छानबीन माथी प्रश्न उठेको छ । यता, प्रजिअ अधिकारीका अनुसार ‘आफु आउनुभन्दा अगाडी लिलाम बिक्रीमा संलग्न समितिमा जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, प्राबिधिकले कही नचुकी प्रक्रिया पुरा गरेकाले लिलामीमा अनिमितता नदेखेको बताए ।’ 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक महेश बहादुर बस्नेत, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि सन्तोष भट्टराई र जिल्ला प्रशासनका नायब सुब्बा सोम प्रसाद आचार्यको रोहबरमा लिलामा सकार्ने दाहाललाई बुझाइएको छ । 

प्रशासनले सामग्री सार्वजनिक गरेलगत्तै लामो समयबाट घरभाडा नपाएका घरधनीले भाडा पाउने आशा गरेका छन् । घरभाडा लिलामीमा संलग्नले दिनुपर्ने घरधनीहरुले बताएका छन् । 

जिल्लाबासीसँग प्रत्यक्ष सम्बन्ध राख्ने स्वास्थ्य क्षेत्रमा ब्यापक अनिमियता देखिए पनि छानबिन प्रतिबेदनले कुनै अनियमितता नभएको कुरा अस्वभाबिक रहेको छ । 

 हेर्नुनुहोस लिलाम बिक्री भएका सामग्रीहरुको लिष्ट










प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य