२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बिवादित अस्पतालको लिलामी उपकरण प्रशासनले लिलाम सकार्नेलाई बुझायो (लिष्टसहित)

२०७४, ८ पुष शनिबार १४:११

चिसाङ शेर्पा/पुस ८, खोटाङ । लामो समययता विवादित जिल्ला अस्पताल खोटाङको लिलामी उपकरण सामग्रीहरु स्थानिय प्रशासनले लिलाम सकार्ने ब्यक्तीलाइ जिम्मा दिएको छ । 

जिल्लामा सर्वत्र बिरोध भएपछि प्रशासन आफैले शिलबन्दी गरेको सामान स्वास्थ्य सेवाका प्राविधिक, प्रशासनिक प्रक्रिया र लिलामी प्रक्रियामा अनिमितता नभएको प्रतिबेदनपछी लिलाम सकार्ने सम्बन्धित पक्षलाई बुझाएको हो ।

२०७२ साल चैत्र १२ गते अस्पतालको महत्वपुर्ण उपकरणहरु जिल्लाकै निजि स्वास्थ्य संस्थामा कौडीको दाममा बिक्री भएको खुलासापछी २०७३ असोज १२ गते प्रशासनले उपकरण राखेकै घरमा शिलबन्दी गरेको थियो । 

जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० गरी ११२ प्रकारका लिलाम बिक्री भएका उपकरणहरुमा कुनै त्रृटि नभएको भन्दै प्रशासनले लिलाम सकार्ने रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल १ का बिनोद दाहाललाई जिम्मा लगाएको हो । जिम्मा लगाएसंगै अस्पतालकोे सामाग्री ब्यक्तीगत रुपमा दाहालको भएको छ । 

रोजगारीको शिलसिलामा दक्षिण कोरियामा रहेका खोटाङेहरुले दिएको एक्स–रे, भिडियो एक्स–रे, जेनेरेटर, एनेस्थेसिया ट्रली, बेड लगायतका उपकरण तथा सामान २६ हजार ५ सयमा लिलाम बिक्री भएको सामग्री प्रशासनले एक वर्ष ३ महिनापछी अनिमितता नदेखिएको प्रमाणित ठर्हर्दै शुक्रबार जिम्मा दिएको हो । रुपाकोेट मझुवागढी नरपालिका ३ बाम्राङमा राजन केसी, सोही नगरपालिका २ सोल्मास्थित अल्छेढुंगामा जगत बहादुर खत्री र दिक्तेल एक आचार्यटोलमा अवस्थित दाहालको घरमा रहेको जिल्ला अस्पतालका उपकरणहरु प्रशासनले ताला खोलेर दाहाललाई बुझाएको हो ।

ठूलो विवादमा मुछिएको सार्वजनिक सम्पत्तीलाई स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम लामीछानेको संयोजकत्वमा छानबीन समिति बनेको थियो । उपसचिव लामीछाने, लेखा अधिकृत सिताराम दुलाल र बायोमेडिकल इन्जिनियर पंकजकुमार झा लगायतको टोली जिल्ला अस्पताल दिक्तेलमा आएर गतबर्षको कार्तिक ४ गतेदेखि छानबीनका काम थालेको टोलीको प्रतिबेदनले लिलाम प्रक्रियामा अनियमितता नदेखाएको जिल्ला अस्पतालका डा. राम बहादुर केसीलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले बताउनुभयो ।

प्रशासनको प्रक्रिया हेर्ने कुरा हुन्छ । प्रक्रियामा कुनै पनि त्रृटी देखिएन, ब्यक्तीको घरमा लामो समयसम्म राखिरहंदा भाडा नपाएको हुनाले प्रशासनले निकास दिनुपर्ने भएकाले उपकरण सार्वजनिक रुपमा जिम्मा दिइएको हो प्रजिअ अधिकारीले जानकारी दिए । उनले भने ‘स्वास्थ्य सेवा विभागकै कर्मचारीले दिएको प्रतिबेदन अनुसार राखिराख्न उपर्युतm नभएपछी हामीले लिलाम सकार्नेलाई उपकरण दिएका हौ ।’ 

खोटाङका लागि सिडियो चन्द्र बहादुर कार्की, प्रल्हाद पोखरेलको कार्यकालबाट बिबादित बन्दै आएको उक्त समस्या हालका प्रजिअ अधिकारीको कार्यकालमा आईपग्दा लिलामी प्रक्रियामा अनियमितता नभएको कुराले स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम लामीछानेको संयोजकत्वको टोलीले गरेको छानबीन माथी प्रश्न उठेको छ । यता, प्रजिअ अधिकारीका अनुसार ‘आफु आउनुभन्दा अगाडी लिलाम बिक्रीमा संलग्न समितिमा जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, प्राबिधिकले कही नचुकी प्रक्रिया पुरा गरेकाले लिलामीमा अनिमितता नदेखेको बताए ।’ 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक महेश बहादुर बस्नेत, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि सन्तोष भट्टराई र जिल्ला प्रशासनका नायब सुब्बा सोम प्रसाद आचार्यको रोहबरमा लिलामा सकार्ने दाहाललाई बुझाइएको छ । 

प्रशासनले सामग्री सार्वजनिक गरेलगत्तै लामो समयबाट घरभाडा नपाएका घरधनीले भाडा पाउने आशा गरेका छन् । घरभाडा लिलामीमा संलग्नले दिनुपर्ने घरधनीहरुले बताएका छन् । 

जिल्लाबासीसँग प्रत्यक्ष सम्बन्ध राख्ने स्वास्थ्य क्षेत्रमा ब्यापक अनिमियता देखिए पनि छानबिन प्रतिबेदनले कुनै अनियमितता नभएको कुरा अस्वभाबिक रहेको छ । 

 हेर्नुनुहोस लिलाम बिक्री भएका सामग्रीहरुको लिष्ट










प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा