२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ: थन्कियो नगरपालिकाको दमकल, आगलागी भए हेर्न शिवाय उपाय छैन

२२ माघ २०७४, सोमबार ०२:३८

चिसाङ शेर्पा/माघ २२, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिकाको एकमात्र अग्नि नियन्त्रक दमकल महिनादिनयता बिग्रिएर थन्केको छ । 

गत पुस १८ गते हलेसीबजारमा भएको आगोलागी नियन्त्रण गर्न सदरमुकाम दिक्तेलबाट हलेसी हिडेको दमकल ईन्जिनमा समस्या आएपछि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा थन्केर बसेको हो ।


महादेबस्थान–७ हलेसीबजारमा खाना पकाउने ग्यास सिलिण्डर पड्केर शुरु भएको आगो निभाउन राती दिक्तेलबाट हलेसी हिडेको दमकल अर्खौलेस्थित भञ्ज्याङ भनिने सडकविचमा महिना दिन एकतर्फी बाटो छेकेर बसेको छ । हिउँद तथा सुख्खायाम शुरु हुंदै गर्दा आगोलागीका घट्ना बढ्ने सम्भावना हुंदासमेत नगरपालिकाले दमकल मर्मत गरेर चुस्त राख्न सकेको छैन ।

पुस १८ गते रातीनै मुढेपुग्दा दमकलको ईन्जिनमा सामान्य समस्या देखिएको थियो । आपतकालिन अवस्था रहेकाले हलेसी पुग्नलाई दमकल अगाडी बढाईदा अर्खौले पुग्दा पुरै ईन्जिन बिग्रिएको दमकल चालकलाई उदृत गर्दै रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

भारतबाट गाडीको ईन्जिन बिराटनगर आईपुगेको छ । रिजाले भने, ड्राईभर १५ दिन सोही काममा खटेका छन् । बढीमा १÷२ दिनमा दमकल बन्नेछ । जिल्लाका सडक सञ्जाल पुगेको ठाउँमा नै आगलागी भए हेर्न शिवाय उपाय नभएको स्थानियहरु बताउँछन् । 

नगरपालिकाको लापारबाहीकै कारण यसअघि पनि दमकल खाशै प्रभावकारी नभएको भुक्तभोगीहरुको भनाई छ । 


तस्बिरमा अर्खौलेमा थन्केर बसेको नगरपालिकाको दमकल 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य