मनोज/अनिल | फागुन-२०, काठमाडौँ। सन् २०१७ मा बैदेशिक रोजगार विभागमा २ सय ४७ म्यानपावर विरुद्ध ४ सय ६५ वटा उजुरी परेका छन् । बैदेशिक रोजगार विभागको गत वर्षको तथ्यांक अनुसार बैदेशिक रोजगारीको क्रममा २ सय ४७ म्यानपावरले ठगि गरेको भन्दै उजुरी परेको ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनोज/अनिल | फागुन-२०, काठमाडौँ। सन् २०१७ मा बैदेशिक रोजगार विभागमा २ सय ४७ म्यानपावर विरुद्ध ४ सय ६५ वटा उजुरी परेका छन् । बैदेशिक रोजगार विभागको गत वर्षको तथ्यांक अनुसार बैदेशिक रोजगारीको क्रममा २ सय ४७ म्यानपावरले ठगि गरेको भन्दै उजुरी परेको ह"/>
२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०१७ मा दुई सय ४७ म्यानपावर बिरुद्ध ठगीको उजुरी, टप-१० मा को-को परे (लिस्ट सहित हेर्नुहोस)

२०७४, २० फाल्गुन आईतवार ११:५०

मनोज/अनिल | फागुन-२०, काठमाडौँ। सन् २०१७ मा बैदेशिक रोजगार विभागमा २ सय ४७ म्यानपावर विरुद्ध ४ सय ६५ वटा उजुरी परेका छन् । बैदेशिक रोजगार विभागको गत वर्षको तथ्यांक अनुसार बैदेशिक रोजगारीको क्रममा २ सय ४७ म्यानपावरले ठगि गरेको भन्दै उजुरी परेको हो ।

विभागको रेकर्ड अनुसार एकै म्यानपावर विरुद्द १० वटा सम्म उजुरी परेका छन्। म्यानपावर कम्पनीले चर्को शुल्क लिएको,पासपोर्ट संगै पैसा लिएर महिनौ दिन सम्म विदेश नपठाएको जस्ता उजुरी विभागमा पर्ने गरेका छन् । विभागमा परेका उजुरी मध्ये सबैभन्दा धेरै १० वटा उजुरी  देल्सको ह्युमन रिसोर्स र डाइनामिक ग्लोबल एच आर  संग सम्बन्धित रहेका छन् । त्यस्तै अल दहबिया ओभेरसीजले ठगि गरेको भन्दै ८ उजुरी परेका छन् । क्यापिटल रिक्रुटमेन्ट सर्भिस,राप्ती प्लेसमेन्ट सर्भिस,र सम्पदा ओभरसीजले ठगेको भन्दै ७/७ वटा उजुरी परेका छन् । ठगीका उजुरी मध्ये चौंथो नम्बरमा ग्रेस ओभरसीज,सुनगाभा ओभरसिज,द रिभर ओभरसिज र पाथ इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस परेका  यी चार म्यानपावर बिरुद्द ६/६ वटा उजुरी परेका छन् ।

यसघि पनि कामदारवाट चर्को शुल्क अशुल गर्ने सुचिमा रहेको ग्रीन स्टार ओभरसिज पाचौं नम्बरमा परेको छ । ग्रीन स्टारले ठगेको भन्दै ५ उजुरीहरु दर्ता भएका छन् । बैदेशिक रोजगारीमा सबै भन्दा धेरै कामदार लैजादै आएको एस ओ एस म्यानपावर,प्रीसाइज इन्टरनेसनल, हिमालयन म्यानपावर सर्भिससंग ५/५ उजुरी परेका छन् । 

रोयल इन्टरनेशनल ओभरसीज,याज गल्प ग्रुप प्रा लि,भेरी एण्ड कर्णाली इन्टरनेशनल, थ्री ब्रोदर ह्युमन रिसोर्सले ठगेका ४/४ उजुरी विभागमा परेका छन् । त्यस्तै गरि चाँदनी म्यानेजमेन्ट सर्भिस,न्यु ब्लु स्टार ओभरसिज,कोमल इन्टरनेशनल ओभरसिज,लक्की एच आर सोलुशन शिल्भर स्टार ओभरसिज र एशिया प्यासिफिक रिक्रुटमेन्ट सर्भिससंग सम्बन्धित ४/४ वटा उजुरी परेका छन् ।

ठगीका ३/३ वटा उजुरी परेका म्यानपावरको संख्या २७ रहेको छ भने ५२ वटा म्यानपावरले ठगेको भन्दै २/२ वटा उजुरी विभागमा दर्ता भएका छन् ।

१ सय ९५ म्यानपावरसंग सम्बन्धित १ /१ उजुरी विभागमा दर्ता भएका छन् । 

माघ महिनासम्म विभागमा ५ सय ८६ उजुरी दर्ता

माघ महिनासम्म विभागमा म्यानपावर कम्पनीसंग सम्बन्धित   ५ सय ८६ उजुरी दर्ता भएका छन् । ५ सय ८६ उजुरीवाट १५ करोड ५५  लाख ५३ हजार ७ सय २५ रुपैया माग दावी परेको छ सो मध्ये  बैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीवाट ३ करोड ३९ लाख ७४ हजार विगो रकम भराएको छ । विभागका महानिर्देशक भुवन आचार्य ठगि बढ्नुमा विभागले गर्ने अनुगमन फितलो हुनु स्वीकार गर्छन् । ऊनी विभागमा महानिर्देशक बनेर आएको महिना दिन कटेपनि  म्यानपावर कम्पनीको दवाबका बीच अनुगमन कार्य गर्न सकेका छैनन्  ।

बैदेशिक रोजगार विभागले नियमन गर्न नसक्दा कामदारलाई विभिन्न प्रलोभन देखाएर ठग्ने क्रम वृद्धि हुँदै गएको हो । सरकारले लागू गरेको निशुल्क भिषा र निशुल्क टिकटको व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण