२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

तेज बने खोटाङ आईडल, को हुन तेज राई ?

४ चैत्र २०७४, आईतवार ०३:४६

चिसाङ शेर्पा | चैत्र ४, खोटाङ | केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका १६ बर्षिय तेज राईले ‘खोटाङ आईडल’को उपाधी हात पारेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविको प्राङगणमा शनिबार भएको जिल्लाब्यापी खुल्ला एकल गायन प्रतियोगिताको ग्राण्ड फिनालेमा उत्कृष्ट प्र्रफमेन्स शो गर्दै तेज खोटाङ आईडल भएका हुन् ।

खोटाङ आईडल भएसँगै माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलमा कक्षा–९ मा अध्ययनरत तेजले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । ६ महिना संगीत कोर्ष, एक गीत रेर्कडीङ गर्ने मौका पाएका छन् ।


दिपु्रङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका २३ बर्षिय रोहित चाम्लिङ फस्ट रनरअप, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २३ बर्षिय अमिता राई दोश्रो रनरअप, केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका १८ बर्षिय सुमन राई तेश्रो रनरअप, भएका छन् ।

खोटेहाङ गाउँपालिका–१ सिम्पानीकी २१ बर्षिय दिपा राई खोटाङ आईडलमा सान्त्वना भएकी छन् । आईडलको पहिलो रनरअपले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष, दोश्रो रनरअपले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ तथा तेश्रो रनरअपले नगद २४ सय ७४ हजार र सान्त्वनाले पाँच हजार नगद पाएका कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।  


‘गला र कलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नाराका साथमा परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले गत मंसिर २३ बाट शुरु गरेको आईडलको ग्राण्ड फिनालेको गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक तथा सुंगीतकार भीमसेना राई, गायक आशिष ताम्राकारले जजमेन गरेका थिए । आयोजक १०, भोट ४० र निर्णायक मत ५० राखेर ग्राण्ड फिनालेको नतिजा घोषणा गरिएको थियो । 

ग्राण्ड फिनालेबाट आईडल बनेका तेजलाई कार्यक्रमका प्रमुख सल्लाहाकार दिपक ठटालले पुरस्कार हस्तान्तरण गरेका थिए । नेपाल आईडलका टपआठ उल्सन श्रेष्ठ, गायक रेवत राईले स्टेज तताएको थियो । 

को हुन खोटाङ आईडल अर्थात तेज राई

‘नामजस्तै काम पनि तेज देखाउने’ अग्लो कद तथा पातलो शाररिक बनावट भएका निडर ब्यक्ति हुन तेज राई । २०५८ सालमा तत्कालिन गाउँ बिकास समिति सप्तेश्वरमा बुबा लोहाविर राई आमा धनकुमारी राईको कोखबाट जन्मिएका १६ बर्षिय एकमात्र छोरा तेज माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका होनाहार विधार्थी हुन् । 

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेमा आमाबुबासँग बसोबास गरीरहेका उनी बोर्डिङका हरेक क्रियाकलापदेखी पढाई समेत अब्बल विधार्थी हुन् । माउण्ट एभरेष्ट बोर्डिङमा कक्षा ५ बाटै छात्राबृत्तिमा अध्ययन गरिरहेका तेज हाल कक्षा ९ मा अध्ययनरत छन् । बोर्डिङमा अनुशासनका ‘पालक’ उपनामले परिचित तेज जिबनभर संगीतको पुजारी हुने बताउँछन्

माथिको तश्विरमा: खोटाङ आईडल बनेका तेज राई | तस्विर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी