प्रभात सुवेदी । असार ३१, बर्दिया । 

बर्दिया जिल्ला अदालतमा संख्यात्मक हिसाबले सबैभन्दा बढी मुद्दा जग्गा सम्बन्धी विवादको पर्ने गरेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार ३१, बर्दिया । 

बर्दिया जिल्ला अदालतमा संख्यात्मक हिसाबले सबैभन्दा बढी मुद्दा जग्गा सम्बन्धी विवादको पर्ने गरेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जा"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जग्गा विवाद सम्बन्धी मुद्दा अदालतमा सबैभन्दा बढी

२०७३, १ श्रावण शनिबार १८:२६

प्रभात सुवेदी । असार ३१, बर्दिया । 

बर्दिया जिल्ला अदालतमा संख्यात्मक हिसाबले सबैभन्दा बढी मुद्दा जग्गा सम्बन्धी विवादको पर्ने गरेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ ।


पञ्चवर्षिय योजना अन्तर्गत दोस्रो वर्षमा ९ सय ७८ मुद्दाको लक्ष्य राखिएकोमा गत वर्षको पर्छौट हुन बाँकी २ सय ७६ र यस वर्षको जम्मादर्ता भएका ७ सय २६ मुद्दाहरु गरी कूल १ हजार २ ओटा मुद्दाहरु रहेकोमा २०७३ असार मसान्तसम्म ६ सय ४६ मुद्दाको फैसला भै सकेको र ३ सय ५६ मुद्दाहरु अझै फैसला हुन बाँकी रहेकोमा ती मुद्दाहरुको लगत आ.व. २०७३/७४ का लागि स्थानान्तरण गरिने जानकारी गराइएको छ । 

बर्दिया जिल्ला अदालतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै बर्दिया जिल्लाका न्यायधीश लोकजङ्ग शाहले जिल्लामा राष्ट्रिय निकुञ्ज तथा प्रशासनका मुद्दाहरुका कारण मुद्दाको संख्या बढ्न गई लक्ष्य अनुसार फैसला हुन नसकेको जानकारी गराउनुहुँदै ६ महिनासम्म एक जना मात्रै न्यायधीश हुनुभएका कारण समय लागेको बताउनुभयो । जिल्लामा सबैभन्दा बढी क्रमिक रुपमा जग्गा विवादका, सम्बन्ध विच्छेदका र जवरजस्ती करणीका मुद्दाहरु परेको समेत उहाँले जानकारी दिनुभयो । 


जग्गा सम्बन्धी विवादमा सिमा सम्बन्धी, विवाह सम्बन्धीमा प्रेम विवाह र अन्तरजातिय विवाह र वैदेशिक रोजगारीमा जाने श्रीमान वा श्रीमतीका मुद्दाहरु पर्ने गरेको बताउनुभयो । अतिरीक्त न्यायधीश रमेश शर्मा पौडेलले पछिल्लो समयमा व्याप्त मोवाईल तथा इन्टरनेटमा रहेकाअश्लील साईटका कारणले स्कूल तथा कलेजका विद्यार्थीहरुमा बढी यौनिक कृयाकलापहरुका कारणले बालबालिकाहरुको मुद्दा बढी पर्ने गरेको बताउनुभयो । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई जेल नपठाउने कानुनी व्यवस्था भएकोले बाल सुधार गृहहरुमा पठाइने गरिएको जानकारी गराउनु भएको थियो । 

वैदेशिक रोजगारमा जाने श्रीमान वा श्रीमतीहरुको सम्बन्ध विचछेदका मुद्दाहरु पर्ने गरेको श्रीमान वा श्रीमतीले विदेशमा कमाएको पैसाले श्रीमान भए श्रीमती, श्रीमती भए श्रीमानले फजुल खर्च र पर-पुरुष वा परस्त्रीसँग सम्बन्ध राखेका कारणले गर्दा पनि यस प्रकारका मुद्दाहरुको संख्या बढ्दै गएको जानकारी दिइएको थियो । 

कार्यक्रममा जिल्ला स्थित विभिन्न छापा तथा विद्युतीय सञ्चार माध्यममा कार्यरत २ दर्जन भन्दा बढी सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन