प्रभात सुवेदी । असार ३१, बर्दिया । 

बर्दिया जिल्ला अदालतमा संख्यात्मक हिसाबले सबैभन्दा बढी मुद्दा जग्गा सम्बन्धी विवादको पर्ने गरेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार ३१, बर्दिया । 

बर्दिया जिल्ला अदालतमा संख्यात्मक हिसाबले सबैभन्दा बढी मुद्दा जग्गा सम्बन्धी विवादको पर्ने गरेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जा"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जग्गा विवाद सम्बन्धी मुद्दा अदालतमा सबैभन्दा बढी

१ श्रावण २०७३, शनिबार १८:२६

प्रभात सुवेदी । असार ३१, बर्दिया । 

बर्दिया जिल्ला अदालतमा संख्यात्मक हिसाबले सबैभन्दा बढी मुद्दा जग्गा सम्बन्धी विवादको पर्ने गरेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ ।


पञ्चवर्षिय योजना अन्तर्गत दोस्रो वर्षमा ९ सय ७८ मुद्दाको लक्ष्य राखिएकोमा गत वर्षको पर्छौट हुन बाँकी २ सय ७६ र यस वर्षको जम्मादर्ता भएका ७ सय २६ मुद्दाहरु गरी कूल १ हजार २ ओटा मुद्दाहरु रहेकोमा २०७३ असार मसान्तसम्म ६ सय ४६ मुद्दाको फैसला भै सकेको र ३ सय ५६ मुद्दाहरु अझै फैसला हुन बाँकी रहेकोमा ती मुद्दाहरुको लगत आ.व. २०७३/७४ का लागि स्थानान्तरण गरिने जानकारी गराइएको छ । 

बर्दिया जिल्ला अदालतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै बर्दिया जिल्लाका न्यायधीश लोकजङ्ग शाहले जिल्लामा राष्ट्रिय निकुञ्ज तथा प्रशासनका मुद्दाहरुका कारण मुद्दाको संख्या बढ्न गई लक्ष्य अनुसार फैसला हुन नसकेको जानकारी गराउनुहुँदै ६ महिनासम्म एक जना मात्रै न्यायधीश हुनुभएका कारण समय लागेको बताउनुभयो । जिल्लामा सबैभन्दा बढी क्रमिक रुपमा जग्गा विवादका, सम्बन्ध विच्छेदका र जवरजस्ती करणीका मुद्दाहरु परेको समेत उहाँले जानकारी दिनुभयो । 


जग्गा सम्बन्धी विवादमा सिमा सम्बन्धी, विवाह सम्बन्धीमा प्रेम विवाह र अन्तरजातिय विवाह र वैदेशिक रोजगारीमा जाने श्रीमान वा श्रीमतीका मुद्दाहरु पर्ने गरेको बताउनुभयो । अतिरीक्त न्यायधीश रमेश शर्मा पौडेलले पछिल्लो समयमा व्याप्त मोवाईल तथा इन्टरनेटमा रहेकाअश्लील साईटका कारणले स्कूल तथा कलेजका विद्यार्थीहरुमा बढी यौनिक कृयाकलापहरुका कारणले बालबालिकाहरुको मुद्दा बढी पर्ने गरेको बताउनुभयो । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई जेल नपठाउने कानुनी व्यवस्था भएकोले बाल सुधार गृहहरुमा पठाइने गरिएको जानकारी गराउनु भएको थियो । 

वैदेशिक रोजगारमा जाने श्रीमान वा श्रीमतीहरुको सम्बन्ध विचछेदका मुद्दाहरु पर्ने गरेको श्रीमान वा श्रीमतीले विदेशमा कमाएको पैसाले श्रीमान भए श्रीमती, श्रीमती भए श्रीमानले फजुल खर्च र पर-पुरुष वा परस्त्रीसँग सम्बन्ध राखेका कारणले गर्दा पनि यस प्रकारका मुद्दाहरुको संख्या बढ्दै गएको जानकारी दिइएको थियो । 

कार्यक्रममा जिल्ला स्थित विभिन्न छापा तथा विद्युतीय सञ्चार माध्यममा कार्यरत २ दर्जन भन्दा बढी सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ