सम्राट सिंह |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह | 

२०८२, २९ चैत्र आईतवार
बझाङ्ग - BJN

बाहुलीगाडमा भिषण बाढी, बझाङ सदरमुकाम जोखिममा

२०७३, १ श्रावण शनिबार १९:१२


सम्राट सिंह | बझाङ ३१ असार |  सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड खोलामा भिषण बाढी आएको छ । दिउसो ४ वजे तिर सुरु भएको बाढीले सदरमुकाम चैनपुर जोड्ने झोलुङगे पुल बगाएको छ । १ सय ५ मिटर लामो यो पुल २०४३ सालमा बनेको जिल्लाका दोस्रो पुरानो पुल हो । पुल नजिकै रहेका ३ वटा पसल बगाएको छ । पुल बगाउदा पुलको लठ्ठाले लछारिएर ३ वटा पसल भत्किएका छन ।  

पानीको बहाव नघटेकाले नजिक रहेका घरहरु पनि भत्किने अवस्थामा पुगेका छन । बाहुली गाड आसपासका घरहरु खाली गरिएका छन । जोखिम बढ्दै गएकोले सदरमुकामबासीलाई सतर्क रहन जिल्ला दैविप्रकोप उद्धार समितिले स्थानिय रेडियोबाट सचेत गराइरहेको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरिक्षक, नेपाली सेनाका सेनानी आफै खटेर स्थानियलाई सुरक्षित स्थान तर्फ जान अनुरोध गरिरहेका छन । 


सम्भावित जोखिमलाई ध्यान राखेर व्यापक प्रहरी परिचालन गरिएको छ भने नेपाली सेनालाई पनि सर्तक अवस्थामा राखिएको छ । बाहुलीगाड आसपासका करिब ४० भन्दा बढी घरमा जोखिम रहेको छ । खोलाको पानीको मात्रा बढेर बहाव परिर्वन गरे चैनपुर बजारमा समेत जोखिम हुन सक्ने भन्दै प्रहरीले सतर्क रहन अनुरोध गरिरहेका छन । सदरमुकाम चैनपुरका घर पसल बन्द गरेर बाहुली खोलामा आएको बाढी हेर्न स्थानियको घुइचो लागेको छ । 

बाहुलीगाडको उदगम स्थल तिर पर्ने सुर्मा र दौलिचौर गाविसमा क्षति भएको हुन सक्ने अनुमान गरिए पनि विवरण आइसकेको छैन । १६ वर्ष पछि बाहुली गाडमा आएको यो ठुलो बाढी भएको स्थानियहरुले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन