साउन ५, कञ्चनपुर | वर्षातको समयमा नदिले देशका विभिन्न ठाँउमा कटान गरी रहेका समाचारहरु आईरहेको समयमा देशको पश्चिमी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, कञ्चनपुर | वर्षातको समयमा नदिले देशका विभिन्न ठाँउमा कटान गरी रहेका समाचारहरु आईरहेको समयमा देशको पश्चिमी"/>
२ माघ २०८२, बिहीबार
कन्चनपुर - KNC

महाकालीको बाध जोखिममा, जनताहरु त्रसित

५ श्रावण २०७३, बुधबार १४:३०

साउन ५, कञ्चनपुर | वर्षातको समयमा नदिले देशका विभिन्न ठाँउमा कटान गरी रहेका समाचारहरु आईरहेको समयमा देशको पश्चिमी नाका कञ्चनपुरको महाकाली नदिले चाँदनिको वडा नं. ४ क्षेत्रमा मंगलबार बाट कटानी सुरु गरेको छ ।

कञ्चनपुरको चाँदनी वडा नं. ४ क्षेत्रमा मंगलबार नदिले लगभग ३० मिटर जालि कटान गरेको छ जसका कारण त्यस क्षेत्रका बासिन्दाका मनमा डरत्रास बढाएको छ । हिजो रातिको समयमा चाँदनीका स्थानिय बासिन्दा, नेपालि सेना, ससस्त्र प्रहरी र प्रहरीहरु मिलेर राति नै २२ वटा जाली राखेका थिए जसबाट कटानी केही हदसम्म कम भए पनि आज विहान बाट नै स्थानिय बासिन्दा तथा नेपालि सेना सबै मिलेर जाली राख्ने काम गरीरहेका छन् । पत्रकार पप्पु गुरुङ स्थानियबासी,नेपाली सेना, नेपाल प्रहरी र ससत्र प्रहरीले कटान क्षेत्रमा तारजाली र ढुंङ्गाको प्रयोग गरी बाध बनाउन मद्दत गरेको बताउछन ।

स्थानिय पुर्व गाविस अध्यक्ष बेलबहादुर रानामगर पटक पटक आफुहरुले सरोकारवाला निकायलाई समस्याको बारेमा बताउदा सम्म पनि कुनै प्रकारको सुनुवाई नभएको बताएका छन् । पुरानो तारजालि १५ वर्ष अगाडी जाइकाले निर्माण गरेको थियो । पानिको बहाव १ लाख क्युसेक पानि मात्र भए पनि तार जालि पुरानो भएका कारणले गर्दा सानो पानीको बहावले लन्चीङ बगाएका कारण स्थानियहरु जेखिममा पर्ने देखिन्छ ।

जनताको तटबन्ध कार्यक्रम कार्यालयका प्रमुख भिलानन्द यादव यदि समय मै भत्किएको बाधको रोकथाम नगरेको भए चांदनीका ४ गाविस क्षति हुने बताउछन । साथै जनताको तटबन्ध कार्यक्रमले नयाँ तार जालि निर्माण गरीरहेको  छ जसले १८ किलोमीटर निर्माण गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ