२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल आउँदा के-के समान ल्याउँन पाइन्छ ? यस्ता छन् भन्सार लाग्ने र छुट पाइने समान

२०७७, १० फाल्गुन सोमबार १०:०६

फागुन १०, काठमाडौँ । सरकारले विदेशबाट नेपाल आउँदा नेपाली यात्रुहरुका लागि भन्सार महसुल छूट गरेको छ । नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरुका लागि विभिन्न सामानहरुमा भन्सार विभागले छुट दिने व्यवस्था गरेको हो । 

सरकारले गत जेठ १५ देखि लागु हुनेगरी यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने व्यक्तिगत प्रयोगका सामानहरु सम्बन्धि सूचना जारी गरेको थियो । उक्त सूचना अनुसार विदेशबाटनेपाल फर्कदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा ल्याएको (एकम्पनिड) वा आफू आउनु भन्दा अघि वा पछि पठाएको (अनएकम्पनिड)का सामाग्रीमा भन्सार छुट हुनेछ ।

यी सामानहरुमा हुन्छ भन्सार छुट 

भन्सार विभागका अनुसार लुगाफाटा, बरषिङयौना, घर गृहस्थीका पुराना सामान,औषधी उपचार गराई फकेका बिरामीले ल्याएका औषधी,शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामानहरुमा भन्सार छुट हुन्छ । 

यस्तै पचास ग्रामसम्मको सुनका गहना र पाँचसय ग्रामसम्म चाँदीको गहना,एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदी साथमा ल्याएको गहनामा पनि भन्सार छुट हुन्छ । टयावलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घड़ी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेनड्राइभ एक एक थान,बच्चा राबे पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान, पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान,जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाज्ने सामान्य यन्त्र, स्टेबेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, बयाडमिन्टन सेट, गायक तथा सङ्गीतकारको सामान्य बाजा गितार हार्मोनियम, तबला जस्ता सामानहरुमा भन्सार छुट दिने व्यवस्था छ । 

यस्तै सात किलोग्रामसम्म खाध परिकार, मदिरा एक लिटरसम्मको बोतल एक ल्याउँदा भन्सार छुट पाइन्छ । अन्य सामान बढी सङ्ख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार सख्या, बसेको मुलुक र समयावधि हेरेर भन्सार कार्यालयले छोड्न पनि सक्ने जनाइएको छ । 

यि हुन भन्सार महसुल तिरेर ल्याउन पाइने समान 

नेपाली नागरिकहरुले विदेशबाट नेपाल आउँदा टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, एक एक सेट, शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कमेटिक्स आदि बढीमा पन्ध्र थान,धरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्तरी, राइस कुकर जस्ता) दुई/दुई थान, दश किलोग्राम सम्म खाप परिकार भन्सार तिरेर ल्याउन पाउँछन् ।

यस्तै व्यवसायिक पेशामा लागेका (डाक्टर, दन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान भन्सार तिरेर ल्याउँन पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै