सम्राट सिंह/भदौ १, बझाङ । जोगी आयो शहरमा भन्ने गित गाएर  महिला पुरुषको स्वरमा चैनपुरको बजारमा निस्केका वादी समुदायहरुले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ १, बझाङ । जोगी आयो शहरमा भन्ने गित गाएर  महिला पुरुषको स्वरमा चैनपुरको बजारमा निस्केका वादी समुदायहरुले "/>
२८ पुष २०८२, सोमबार
बझाङ्ग - BJN

आफ्नो संस्कृती जोगाउदै बझाङका वादी समुदाय

१ भाद्र २०७३, बुधबार १२:५७

सम्राट सिंह/भदौ १, बझाङ । जोगी आयो शहरमा भन्ने गित गाएर  महिला पुरुषको स्वरमा चैनपुरको बजारमा निस्केका वादी समुदायहरुले बुधबार  स्थानिय भोडे संक्रान्ती अर्थात ओल्के तिहार मनाए । 

महिला वालबालीकाहरु चिटिक्क परेका थिएभने पुरुषहरुले टाउकोमा गिठा पातीका लहरा बाँधेका र सिस्नाको घोडा बनाएर बजारमा रमाइलो गरे । परम्परागत देखी भाडेसंक्रान्ती मनाउदै आएका बादी समुदायहरुले यसवर्षपनि आफ्नो लोक संस्कृतीलाई जोगाउने काम गरे । 

राजा रजौटाका पालामा राजाको दरवारमा गएर भाडेसंक्रान्ती मनाउने वादी समुदायहरु राजा रजौटाको शासन हराउदै गएपछि हाल जिल्ला प्रशासन कार्यालयमा गएर मनाउने गर्दछन् । विभिन्न परम्परागत गित गाँउदै हास्यव्यड्गे रुपमा निष्केका वादीहरुले जिल्ला प्रशासनको प्राड्गडमा घोडाखेल देखाउदै गित गाँउदै , ओलक हालेर मनाए । चैनपुरका वादी जस्तै आज थलारा खोलीमा रहेका वादीहरुले पनि पुरानो थलारी राजाको कोटमा गएर भाडेसंक्तान्ती मनाएका छन् । 

वादी समुदायका धर्मवादीले वादीहरुको भाडेसंक्तान्ती पर्व आफुहरुका लागी दशै तिहार भन्दा महत्वपुर्ण भएको वताए । उनले भाडेसन्क्रान्तीमा नौलो कपडा हाल्ने मिटा खानेकुरा खाने र खास्यखेल देखाउने रहेको जानकारी दिए । जात्रा मनाउदाँ उनिहरुले जिल्ला सरकारी कार्यालय र साहु महार्जनहरु लाई ओलक हालेर भद्रोको महिना वाट गाँउ गाँउमा खाद्यन्न माग्ने सुरु गर्दछन् । 

वादीहरुको यो लोक संकृती राम्रो भएके तर उनिहरुकै कारणले यसको महत्व घट्दै गएको चैनपुरका विकास सिंहले वताए । वादीहरुले प्रशासनमा जात्रा देखाउदाँ प्रमुख जिल्ला अधिकारीसहित अन्य कर्मचारीहरुले उनिहरुको जात्रा लाई हेरेर दक्ष्निा दिने प्रचलन अझै छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन