असोज ४ पोखरा । नेपालीहरुको महान् चाड बडादशैको नजिकिदै गर्दा पोखराको प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब २०७३ हुने भएको छ ।

सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४ पोखरा । नेपालीहरुको महान् चाड बडादशैको नजिकिदै गर्दा पोखराको प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब २०७३ हुने भएको छ ।

सं"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा ‘नवदुर्गा महोत्सब’ हुने

४ आश्विन २०७३, मंगलवार ०९:१४

असोज ४ पोखरा । नेपालीहरुको महान् चाड बडादशैको नजिकिदै गर्दा पोखराको प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब २०७३ हुने भएको छ ।

संस्कृतिको संरक्षण संगै धार्मिक पर्यटन प्रंबद्र्धन भन्ने मुल नाराका साथ नवरान्त्रीको नौ दिन सम्म चल्ने महोत्सबको तयारी सुरु भएको आयोजक बिन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले मंगलवार  पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

नबदुर्गा महोत्सब अन्तर्गत असोज १५ गते घटस्थापनाको दिन देखि महानबमीको दिन सम्म दैनिक भागबत कथा बाचन हुने बिध्याबासिनी धार्मिक क्षेत्रबिकास समितिका सचिब तीर्थ श्रेष्ठले जानकारी दिए । 

महोत्सवका लागि समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको अध्यक्षमा मुल समारोह समिति गठन गरिएको छ । विगत १० बर्षदेखि प्रत्येक बर्ष नवदुर्गा महोत्सब गर्दै आइरहेको समितिले यस बर्ष पनि  भब्य रुपमा नवदुर्गा महोत्सब गर्ने समितिले जनाएको छ  । महोत्सव  अबधिभर करिब डेढ लाख दर्शनार्थी भित्रने अपेक्षा गरिएको छ । 

घटस्थापनाको दिन बृहत शोभायात्रा निकालिने र विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल हुदै पुन मन्दिरमा पुगेर समापन हुने श्रेष्ठले बताए । 

महोत्सबमा दर्शनार्थीको चापलाई ध्यान दिदै मन्दिर परिसरमा बिशेष सुरक्षा प्रबन्ध गरिने र महिला र पुरुषको लागि छुट्टा छुट्टै लाइनमा दर्शनको ब्यबस्था मिलाइने श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे