२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

टिकटक बन्द भएपछि Likee तिर नेपाली प्रयोगकर्ता, उस्तै हर्कत सुरु

२०८०, १२ मंसिर मंगलवार १०:४१

मङ्सिर १२, काठमाडौँ । नेपाल सरकारको निर्णय पालना गर्दै गतसातादेखि अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा टिकटक नखुल्ने बनाएका छन्। तर टिकटकको बिकल्पमा हुबहु जस्तै अर्को एप Likee मा प्रयोगकर्ताहरु व्यस्त हुन सुरु गरेका छन् । टिकटक जस्तै अर्को एप 'Likee' मा नेपाली प्रयोगकर्ताहरुको आकर्षण बढेको हो । 


टिकटकको बिकल्पमा अहिले 'Likee' एप चर्चामा छ । हजारौं नेपाली टिकटक प्रयोगकर्ताहरुले यो एपमा अहिले समय बिताईरहेका छन् । यो एपमा पनि टिकटकमा झैं लाइभ बस्नेहरुको लर्को देखिन थालेको छ । साथै टिकटकमा एकाएक भाईरल भएकाहरुले एकाएक यो एपमा आफ्नो कन्टेन्ट पोष्ट गर्ने लाइक गर्ने र सेयर गरिरहेका छन् । कतिपय प्रयोगकर्ताहरुले घन्टौं यो एपमा समय बिताईरहेको भेटिन्छ । केहि प्रयोगकर्ताले यो एपमा एक हजार फलोअर्स नभए पनि सिधै लाइभमा जोडिन मिलेको भन्दै लाइकिको नयाँ फिचरको प्रमोसन गरिरहेका छन् । साथै आफ्ना भिडियोहरु सेयर गरिरहेका छन् । केहिले यो एपमा लाइभ बस्दा टिकटकमा भन्दा धेरै प्रयोगकर्ताहरु जोडिएको भन्दै यो एपमा समय बिताईरहेका छन् । कतिपय नेपाली प्रयोगकर्ताहरु यो एपमा लागेर गिफ्ट कमाउने तथा खर्च गर्ने समेत गरिरहेका छन् । 

टिकटक बन्द हुनु अघि खासै प्रयोगका नआएको यो एपमा एकाएक नेपाली प्रयोगकर्ता ह्वात्तै बढेपछि यसको समेत टिकटकमा झैं दुरूपयोग हुने निश्चित छ । यो एपमा जोडिए लगत्तै फलोअर्सनै नभए पनि लाइभ दिन मिल्ने फिचरको कारण टिकटक भन्दा यो एपको दुरूपयोग बढ्ने देखिएको छ । यो एप्मा जोडिएर लाइभ बस्नेहरुले आफ्नो फलोअर्सनै नभए पनि ३/४ सय जनाले आफूलाई हेरिरहेको भन्दै उत्साहित हुँदै एपमा दिन बिताईरहेका छन् । कतिपयले त यो एपमा जोडिएर लाइभ तथा भिडियोमा टिकटकको जस्तै हर्कत सुरु गर्न समेत थालेका छन् । 

एकातर्फ टिकटक बन्द गरेको सरकारले उस्तै प्रविधिमा अर्को बिकल्पको प्रयोग गर्न थालेपछि टिकटक बन्द हुँदा Likee चाही के हुन्छ होला भन्ने प्रश्नको विषय बनेको छ । 

यसअघि सरकारले कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारले सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्न परेको कारण देखाई टिकटक बन्द गराएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा