१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

सुर्खेतका बाढीपिडित राहतको प्रतिक्षामा

१० मंसिर २०७३, शुक्रबार ११:२४

गोविन्द बिश्वकर्मा, मंसिर १०, सुर्खेत । सुर्खेतका बाढी पिडित अझै राहत कुरेर बसेका छन् । बढीपिडित भएको तिन बर्ष भईसक्ला पनि पुनर्वास हुन नसक्दा पाल भित्र जीवन कटाएका पिडितले राहत कुरेर बसेका हुन् । वि.स २०७१ साल साउन अन्तिम साता परेको अविरल बर्षाका कारण सुर्खेतलाई बाढीले तहसनहस बनाएको थियो । लगातार दुई दिन रात परेको पानीले सुर्खेतलाई डुवानमा पारेको थियो । साउन २८ र २९ गते आएको पानीले निम्त्याएको प्राकृतिक प्रकोप बाढीले सुर्खेतका सयौं घरपरिवारलाई विस्तापित गरेको थियो ।

अन्य क्षेत्रको भन्दा खोला आसपासमा घर भएका, आर्थिक अबस्था कमजोर रहेकाहरु बढी प्रभावित भएका थिए । बाढीले घर बगाएपछि घरबार बिहिन भएका बाढी पिडितहरु यो बर्षको जाडोमा पनि पाल भित्र कै बास बस्न बाध्य हुने भएका छन् । सरकारले दिने भनेको राहत त रेडिोमा बज्ने र पत्रपत्रीकामा छापिने समाचार मात्र हुने गरेको पिडितहरुको गुनासो छ । सुर्खेतका बाढी पिडितले अझै पनि घर बनाउने पैसा पाएका छैनन् । मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको रुपमा बिकास भएको सुर्खेत वीरेन्द्रनगरमा जग्गा किन्ने आर्थिक नभएको र सरकारी पैसाको बाटो हेरेर बसेको बाढी पिडित लक्ष्मी सुनारले बताईन् । खोर्के खोलामा झपडी भएकि लक्ष्मी सुनारको सबै सर–सामान सहित घर बगाएको थियो । श्रीमानले घर बनाउने मिस्त्री काम गरेर जोडेको घर एक्कासी बगाएको बताउदैं सुनारले अब कसरी घर हाल्ने भन्ने चिन्ता रहेको बताईन् ।

अहिले पनि सुनारका परिवार पाल भित्रै छन् । यस्ता सुनार मात्र नभई अन्य थुप्रै बाढीपिडितको कहानी यस्तै छ । लक्ष्मी सुनारको जस्तै समस्या भएका २५ जनाको पाल रहेका छन्, ईत्राम स्थित महिला प्रशिक्षण केन्द्रमा । वीरेन्द्रनगर ८ ईत्रामको प्रशिक्षण केन्द्रमा बसेका पालवाला यसबर्ष पनि पालवाला नै बन्ने भएका छन् । आधा च्यातिएका त्रिपालमुनी बसेका पालवालाको जीवन पाल जस्तै च्यातिएको छ । पिडित बनेको तिन बर्ष बितिसक्दा पनि पालवालाको दैनिकि फेरिएको छैन । छिटो घर बनाउने आशामा रहेका पालमुनीका नागरिक सरकारको राहत कर्दाकुर्दै थकित भएको महिला प्रशिक्षण केन्द्रमा सरण लिएर बसेका पिडित महिला बताउछन् । थुरथुर काँप्दै गरेका बालबालीकाहरु शरिरमा गतिलो तातो कपडा छैन । पाल भित्र ओड्ने राम्रो सिरक, डसना छैन । बिहान बेलुका के खाउ भन्ने पिडितले हजारौ खर्च गरेर तातो कपडा किन्न सक्ने अबस्था नभएको ईत्राम ८ कि पिडित मैसरा थापाले बताईन् । च्यातिएको त्रिपालभित्र रात कटाउन सारै कठिन हुन्छ, कपडा छैन । थापा बताउछिन् ।

घर बगेको बर्ष केहि सहयोग गरेपनि त्यसपछि सरकारी निकायबाट कुनै सहयोग नपाएको थापाको गुनासो छ । पिडित थापाले सरकारले बाढीपिडीतका लागि १० लाख दिने भनेको सुनेको बताईन् । तर आफुले कुनै रकम पनि नपाएको जानकारी दिएकि छन् । महिला प्रशिक्षण तालिम केन्द्रमा सरण लिएका बाढीपिडतलाई बेलाबेला त्यँहाका कर्मचारीले बचन लगाउने गरेको उनिहरुको भनाई छ । नेपाल सरकार मन्त्रिपरिषदको २०७१ चैत्र १२÷१३ गते बसेको बैठकले पिडितलाई जम्मा एक लाख २५ हजार नगद अनुदान दिने निर्णय गरेको थियो । बाढीले बेघरबार बनाएपछि अर्काको घर भाडामा बसेका, जग्गा नै नभएकालाई जग्गा खरिदका लागी ५० हजार दिने निर्णय राज्यको थियो । त्यसपछि घर बनाउनका लागी ७५ हजार दिने निर्णय ग¥यो । एक लाख २५ हजार दिने भनेपनि कसैले त ५० हजार पनि नपाएको गुनासो गरेका छन् । जिल्ला दैवी प्रकोप  उद्धार समिति सुर्खेतको वैठकले प्रभावित १४ सय ६५ घर परिवार मध्ये छानविन गरी ८ सय ३२ परिवारलाई नेपाल सरकारबाट राहत अनुदान पाउने परिवारका लागी सिफारिस गरिएको थियो ।

जिल्लास्तरका विभिन्न संघसस्थाबाट पनि सहयोग मिलेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सुर्खेतबाट एक सय ४० परिवार, नवज्योती केन्द्रबाट ४९ परिवार गरी जम्मा एक हजार २१ परिवारलाई  पुनर्वासको लागी सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धेरैको पुनर्वासको ब्यवस्था भईसकेको र अब करिव एक सय जति परिवारलाई पुनर्वास गराउनुपर्ने कार्यालयले जनाएको छ । बाढी प्रभावित भईसकेपछि २०७१ मा नै रु. पाँच सयका दरले कपडा खरिद भनेर सहयोग गरेको प्रशासकिय अधिकृत हित प्रसाद पौडेले जानकारी दिए । पौडेलले यस बर्षको चिसोलाई मध्येनजर गर्दै आबश्यक सहयोगको पहल गर्ने आश्वासन दिएका छन् । मानव भएको हैसियतले मानवको दुःखमा सहयोग गर्नुपर्ने भन्दै सितलहर सुरु भयो र अत्याधिक मात्रामा चिसो बढ्न थाल्यो भने जिल्ला प्रशासन कार्यालयले सहयोगको पहल गर्ने बताएका हुन् । गत बर्ष पनि तातो कपडा र कम्बल वितरण गरेको बताउदै पौडेलले यो बर्ष पनि चिसो कटाउने ब्यवस्थापन गर्ने बचन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का