चैत ५, काठमाडौं । वैशाख १ गतेदेखि टेलिफोन तथा मोबाइल महसुल दर सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवामा नयाँ ‘पल्स’अवधि लागू गर्ने निर्णय ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ५, काठमाडौं । वैशाख १ गतेदेखि टेलिफोन तथा मोबाइल महसुल दर सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवामा नयाँ ‘पल्स’अवधि लागू गर्ने निर्णय ग"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश तथा नेपाल भित्रै टेलिफोन तथा मोबाइलबाट कल गर्दा अब सस्तो

२०७३, ५ चैत्र शनिबार ०७:०५

चैत ५, काठमाडौं । वैशाख १ गतेदेखि टेलिफोन तथा मोबाइल महसुल दर सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवामा नयाँ ‘पल्स’अवधि लागू गर्ने निर्णय गरेसंगै प्रयोगकर्ताहरुलाई फोन गर्न पहिलेको तुलनामा केहि सस्तो पर्ने देखिएको छ ।

प्राधिकरणको निर्देशन बमोजिम अब संगै कम्पनीहरुले ग्राहकले फोन गर्दा पल्स अवधि घटाउनेछन् जसको कारण कल गर्नेहरुलाई सस्तो पर्ने हुन्छ । प्राधिकरणको निर्देशन अनुसार सबै कम्पनीको समान पल्स अवधि कायम हुन्छ । 

पल्स भन्नाले टेलिफोन गर्दा पैसा काटिने समयावधि मापन गर्ने इकाइ हो । पल्स अवधि धेरै हुँदा उपभोक्तालाई धेरै महसुल तिर्नुपर्ने हुन्छ ।

प्राधिकरणले पल्स अवधि २० सेकेन्डबाट घटाएर १० सेकेन्ड बनाएको छ । यस अनुरुप यदी तपाइले कतै फोन गर्दा १० सेकेन्ड भित्रै कुरा सक्नुभयो भने तपाईलाई सस्तो पर्छ । पहिले हरेक २० सेकेन्डमा पल्स अवधि मापन हुन्थ्यो भने अब हरेक १० सेकेन्डमा मापन हुन्छ । प्राधिकरणका अनुसार मोबाइलमार्फत देश भित्र हुने कलमा १० सेकेन्डको पल्स मापन हुन्छ भने देशबाहिर हुने मोबाइल कलमा ३० सेकेन्ड पल्स मापन हुन्छ ।

दोश्रो चरणमा भने अझै सस्तो पल्स अवधि कायम हुन्छ । घोषित नीति अनुसार कात्तिकदेखि एक सेकेण्ड कल गरेको शुल्क एक सेकेण्ड बराबरकै काटिनेछ । 

कति घट्यो शुल्क ? 

पहिले २० सेकेन्डको एकाई मापन हुँदा, यदी कसैले १० सेकेन्ड भित्रै फोन काट्दा पनि २० सेकेन्डको पैसा तिर्नुपर्ने हुन्थ्यो भने अब हरेक दश सेकेन्डको मापन हुने हुँदा त्यसै अनुरुप पैसा काटिन्छ । अहिले टेलिकमको सस्तो शुल्क भनेकै पल्स अवधि घट्नु हो । पल्स अवधि घट्दा हरेक फोन कालमा प्रयोगकर्ताले केहि न केहि पैसा जोगाई रहेका हुन्छन । जस्तै: मानौं NTC ले १ पल्स अवधि अर्थात २० सकेण्डको शुल्क ३० पैसा राखेको छ भने तपाइले कल गर्दै जाँदा २१ सेकेन्डमै फोन काट्दा पनि तपाइले २ पल्सको पैसा तिर्नु पर्छ,  अर्थात ६० पैसा तिर्नु पर्छ । तर अब भने यदी यही स्थतिमा तपाइले २१ सेकेन्ड कल गर्दा ३ पल्स मापन हुन्छ र ४५ रुपयाँ तिरे पुग्छ, यसरी २१ सेकेन्ड कुरा गर्दा पहिलेको तुलनामा तपाइको १५ पैसा जोगिन्छ । 

प्राधिकरणको यो नियम बैशाखदेखि कार्यान्वयनमा आउँछ । अर्को खुसीको कुरा के पनि छ भने कार्तिकदेखि अझै जति सेकेन्डसम्म कुरा गर्यो त्यति सेकेन्डको मात्र पैसा काटिने हुँदा त्यसबेलादेखि कल शुल्क अझै घट्छ । नयाँ नीति अनुसार विदेश फोन गर्नेलाई समेत केहि सहुलियत हुन्छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने