चैत ५, काठमाडौं । वैशाख १ गतेदेखि टेलिफोन तथा मोबाइल महसुल दर सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवामा नयाँ ‘पल्स’अवधि लागू गर्ने निर्णय ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ५, काठमाडौं । वैशाख १ गतेदेखि टेलिफोन तथा मोबाइल महसुल दर सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवामा नयाँ ‘पल्स’अवधि लागू गर्ने निर्णय ग"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश तथा नेपाल भित्रै टेलिफोन तथा मोबाइलबाट कल गर्दा अब सस्तो

५ चैत्र २०७३, शनिबार ०७:०५

चैत ५, काठमाडौं । वैशाख १ गतेदेखि टेलिफोन तथा मोबाइल महसुल दर सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवामा नयाँ ‘पल्स’अवधि लागू गर्ने निर्णय गरेसंगै प्रयोगकर्ताहरुलाई फोन गर्न पहिलेको तुलनामा केहि सस्तो पर्ने देखिएको छ ।

प्राधिकरणको निर्देशन बमोजिम अब संगै कम्पनीहरुले ग्राहकले फोन गर्दा पल्स अवधि घटाउनेछन् जसको कारण कल गर्नेहरुलाई सस्तो पर्ने हुन्छ । प्राधिकरणको निर्देशन अनुसार सबै कम्पनीको समान पल्स अवधि कायम हुन्छ । 

पल्स भन्नाले टेलिफोन गर्दा पैसा काटिने समयावधि मापन गर्ने इकाइ हो । पल्स अवधि धेरै हुँदा उपभोक्तालाई धेरै महसुल तिर्नुपर्ने हुन्छ ।

प्राधिकरणले पल्स अवधि २० सेकेन्डबाट घटाएर १० सेकेन्ड बनाएको छ । यस अनुरुप यदी तपाइले कतै फोन गर्दा १० सेकेन्ड भित्रै कुरा सक्नुभयो भने तपाईलाई सस्तो पर्छ । पहिले हरेक २० सेकेन्डमा पल्स अवधि मापन हुन्थ्यो भने अब हरेक १० सेकेन्डमा मापन हुन्छ । प्राधिकरणका अनुसार मोबाइलमार्फत देश भित्र हुने कलमा १० सेकेन्डको पल्स मापन हुन्छ भने देशबाहिर हुने मोबाइल कलमा ३० सेकेन्ड पल्स मापन हुन्छ ।

दोश्रो चरणमा भने अझै सस्तो पल्स अवधि कायम हुन्छ । घोषित नीति अनुसार कात्तिकदेखि एक सेकेण्ड कल गरेको शुल्क एक सेकेण्ड बराबरकै काटिनेछ । 

कति घट्यो शुल्क ? 

पहिले २० सेकेन्डको एकाई मापन हुँदा, यदी कसैले १० सेकेन्ड भित्रै फोन काट्दा पनि २० सेकेन्डको पैसा तिर्नुपर्ने हुन्थ्यो भने अब हरेक दश सेकेन्डको मापन हुने हुँदा त्यसै अनुरुप पैसा काटिन्छ । अहिले टेलिकमको सस्तो शुल्क भनेकै पल्स अवधि घट्नु हो । पल्स अवधि घट्दा हरेक फोन कालमा प्रयोगकर्ताले केहि न केहि पैसा जोगाई रहेका हुन्छन । जस्तै: मानौं NTC ले १ पल्स अवधि अर्थात २० सकेण्डको शुल्क ३० पैसा राखेको छ भने तपाइले कल गर्दै जाँदा २१ सेकेन्डमै फोन काट्दा पनि तपाइले २ पल्सको पैसा तिर्नु पर्छ,  अर्थात ६० पैसा तिर्नु पर्छ । तर अब भने यदी यही स्थतिमा तपाइले २१ सेकेन्ड कल गर्दा ३ पल्स मापन हुन्छ र ४५ रुपयाँ तिरे पुग्छ, यसरी २१ सेकेन्ड कुरा गर्दा पहिलेको तुलनामा तपाइको १५ पैसा जोगिन्छ । 

प्राधिकरणको यो नियम बैशाखदेखि कार्यान्वयनमा आउँछ । अर्को खुसीको कुरा के पनि छ भने कार्तिकदेखि अझै जति सेकेन्डसम्म कुरा गर्यो त्यति सेकेन्डको मात्र पैसा काटिने हुँदा त्यसबेलादेखि कल शुल्क अझै घट्छ । नयाँ नीति अनुसार विदेश फोन गर्नेलाई समेत केहि सहुलियत हुन्छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान